• समाचार

    मापदण्ड विपरीत गिट्टी लोड गर्ने टिप्पर प्रहरी नियन्त्रणमा

      रासस


    सिरहाको कल्याणपुर नगरपालिका ११ बाट ४ वटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरीले जाँच गर्ने क्रममा मापदण्ड विपरीत कम भ्याट बिल काटेर गिट्टी लोड गरी लैजाँदै गरेका ना ७ ख ६३८६, ना ७ ख ४०३२, ना ६ ख ५६६३ र को १ ख ६८२४ नंको टिप्पर नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा लिइएका टिप्पर आवश्यक कार्वाहीका लागि आन्तरिक राजस्व कार्यालय लहान सिरहा कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

    यस्तै, बिनामास्क लगाएर हिँड्डुल गरिरहेका २५ जनालाई सिरहा प्रहरीले पक्राउ गरी कारबाही गरेको छ ।

    सो क्रममा मास्क नलगाई हिँड्डुल गर्ने २ सय ९७ जनालाई पहिलो पटकका लागि सम्झाई–बुझाई घर पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस