काठमाडौं : प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका पोलिटव्यूरो सदस्य एवं मेची महाकारी व्यूरो इञ्चार्ज ओमप्रकाश पुन पक्राउ गरेका छन् ।
बुधबार बिहान करिब ७ बजे कैलालीको धनगढी उपमहानगरपालिकाको बेलीबाट पुनलाई नियन्त्रणमा लिइएको विप्लव समूह स्रोतले पुष्टि गरेको छ ।
विप्लव समूह स्रोतका अनुसार पुनसँगै उनकी पत्नी पूर्णिमा धामीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ । पूर्णिमा अखित नेपाल महिला संगठन (क्रान्तिकारी)की सेती–महामरी व्यूरो इञ्चार्ज हुन् ।
धनगढीमा एक जना बिरामी आफन्तलाई भेट्न गएको बेला उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबराले भने एक जना नेता पक्राउ परेको जानकारी दिएका छन् । एसपी जबराले पक्राउ परेका पुनलाई जिल्लातर्फ ल्याइदै गरेको बताए ।
पुन समूहभित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने मान्यता राख्ने पक्षका नेता हुन् ।
कोरोना महामारीले देश संक्रकपूर्ण अवस्थाबाट अघि बढिरहेको बेला सरकारले आफ्नो पार्६ीका नेता–कार्यकर्ता पक्राउ गरेको भन्दै नेकपाले आक्रोश व्यक्त गरेको छ ।
प्रतिकृया दिनुहोस