• समाचार

    स्वीस बैंकको खातामा प्रधानमन्त्री ओलीको ५५ लाख अमेरिकी डलर रहेको खुलासा

      ओमकार टाईम्स


    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्विट्जरल्याण्डस्थित स्वीस बैंकको खातामा ५५ लाख अमेरिकी डलर जम्मा भएको एक प्रतिवेदनले देखाएको छ । ओली र उनकी पत्नी राधिका शाक्यलाई ५ लाख अमेरिकी डलर बर्सेनी चीनबाट आउने गरेको प्रतिवेदनमा उल्लेख छ ।

    ग्लोबल वाच एनलाइसिसले हालै सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानमन्त्री ओलीलाई सो रकम चीनले दिएको उल्लेख गरिएको छ । चीनले रकम दिन थालेपछि प्रधानमन्त्रीको सम्पति बढ्दै गएको पनि प्रतिवेदनमा उल्लेख छ । सो प्रतिवेदन रोनाल्ड ज्याकार्डले तयार पारेका हुन् ।

    ओलीको बैंक खाता मिराबाउड बैंकको जेनेभास्थित शाखामा रहेको छ । प्रतिवेदक ज्याक्वार्डले ओलीको खातामा ५५ लाख अमेरिकी डलर लामो समयदेखि जम्मा रहेको छ ।ओली र उहाँकी पत्नी राधिका शाक्यलाई ५ लाख अमेरिकी डलर बर्सेनी आउने गरेको छ ।

    पहिलो पटक ओलीले प्रधानमन्त्रीको पद सम्हालेका बेला तत्कालीन नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताइले ओलीलाई कम्बोडियाको टेलिकम्युनिकेशन क्षेत्रमा लगानी लगाउन सघाएका थिए । यो सम्झौतामा ओलीका निकटका व्यापारी आङ छिरिङ शेर्पा सहभागी रहेको जनाइएको छ । कम्बोडियाका प्रधानमन्त्री हुन सेन र चिनियाँ राजदूत बो जिआङेओको सहयोगमा ओलीको लगानी कम्बोडियामा सुरक्षित हुन पुगेको उल्लेख छ ।

    यस्तो गतिविधि ओलीले दोस्रो पटक प्रधानमन्त्रीको पद सम्हालेयता निरन्तरता पाएको थियो । चिनियाँ नेताले ओलीलाई रकम दिएको जनाइएको छ । सो प्रतिवेदनमा चीनले नेपाल जस्ता देशका अरु नेताहरुलाई यसरी रकम दिएर भ्रष्ट बनाउन थालेको उल्लेख गरिएको छ । चिनियाँ नेताहरूसँग रकम लिएर प्रधानमन्त्री ओलीले चिनियाँ कम्पनीहरूलाई विभिन्न परियोजना दिएको उल्लेख छ ।

    डिसेम्बर २०१८मा डिजिटल एक्शन रुमको परियोजना चिनियाँ कम्पनी हुवावेइलाई बिना कुनै प्रतिस्पर्धा दिएका थिए । यो काम गर्न सक्षम नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकमलाई यो परियोजनाबाट अलग पारिएको भनिएको छ ।

    प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालका छोराका लागि यो सम्झौता गरिएको थियो । यसैगरी मे २०१९मा नेपाल टेलिकमले हङकङस्थित चाइना कम्युनिकेशन सर्भिससँग रेडियो नेटवर्क लगायतका सम्झौता गरियो । यो सम्झौता चीनको टेलिकम उपकरण बाउन कम्पनी जेडटीईसँग फोर जी सम्बन्धी सम्झौता भएको थियो । यो परियोजना १९ अर्ब नेपाली रुपैयाँ बराबरको रहेको थियो ।

    जुन महिनामा ओली सरकार विरूद्ध विद्यार्थीहरुको प्रदर्शन भएको थियो । १० अर्ब नेपाली रुपैयाँ बराबर महामारी विरूद्ध गरिएको खर्चबारे स्पष्टीकरण दिन सो प्रदर्शनले माग गरेको थियो । ग्लोबल वाच एनालाइसिसले आफ्नो प्रतिवेदनमा स्वास्थ्यमन्त्री र ओलीका कोटरीका अन्य बरिष्ठ अधिकारीहरूले स्वास्थ्यसम्बन्धी उपकरण खरिद प्रकरणमा घुस खाएको आरोपको अनुसन्धान जारी रहेको समेत उल्लेख गरेको छ ।

    ओम्नी समुहले चीनबाट खरिद गरेर नेपाल सरकारलाई बुझाएको पहिलो खेपको सामाग्रीहरु कम गुणस्तरको मात्रै नभएर सामान्य भन्दा अधिक मूल्यको समेत पाइएका थिए । यद्यपि ओम्नी समुहले यो मात्रै पहिलो पटक उच्च मूल्यमा सरकारसँग सामान बेचेको हैन । यसअघि पनि सन् २०१७ मा नेपालको आम चुनावको मुखैमा ओम्नी समुहले निर्वाचन आयोगलाई आपुर्ति गरेका प्रिन्टिंग मेशिनहरु कामविहीन निक्लेका थिए ।

    ओली र ओम्नीका मालिकको निकट सम्बन्धकै कारण गुणस्तरहीन सामग्री सरकारलाई आपुर्ति गर्दा गर्दै पनि ओम्नीले पटक पटक सरकारी ठेक्का पाउने गरेको छ ।

    स्वीजरल्याण्ड बैंकमा पैसा राख्दा सम्पत्ति विवरण खुलाउनु नपर्ने भएपछि नेताहरुले स्वीस बैंकमा पैसा राख्ने गरेको चर्चा चल्दै आएको छ ।

    प्रतिकृया दिनुहोस