• समाचार

    कैलालीमा ठगी गरेको आरोपमा २ जना पक्राउ

      ओमकार टाइम्स


    कैलाली । जिल्लामा ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला लेकम गाउँपालिका १ बस्ने वर्ष ३२ का पदमराज भट्ट र डोटी आर्दश गाउँपालिका ३ घर भई सिलगढीमा कोठा लिएर बस्ने अन्दाजी ३२ वर्षीया सन्जाकुमारी कठायत रोकाया रहेका छन् ।

    कैलालीको टिकापुर नगरपालिका १ बस्ने  एक महिलालाई विभिन्न बहानामा १० लाख ठगी गरि थप २ लाख मागि रहेका बेला भट्ट र रोकायालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई जिल्लाको पिपल्लाबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले रातोपाटीलाई जानकारी दिए । 

    प्रतिकृया दिनुहोस