• समाचार

    ईन्द्रदह नजिक मोटरसाईकल भिरबाट खस्यो, चालकको मृत्यु

      ओमकार टाइम्स


    काठमाडौं । काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका वडा नं १ ईन्द्रथान (इन्द्रदह)नजिकै मोटरसाईकल भिरबाट खस्दा १ जनाको मृत्यु भएको छ । ईन्द्रथानबाट नैकापतर्फ आइरहेको बा ६६ प ५८६६ नम्बरको मोटरसाईकल एक्कासी अनियन्त्रित भई सडकबाट खस्दा १ जनाको मृत्यु भएको हो ।

    महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले दुर्घटनामा परि मोटरसाईकल  चालक चन्द्रागिरि  १५ ढुंगेअड्डा बस्ने ३४ वर्षीय रूपेश खड्काको शहिद मेमोरियल अस्पतालमा मृत्यु भएको बताए ।

    प्रहरी नायव उपरीक्षक श्रेष्ठकाअनुसार सोही स्थानका  ३५ वर्षीय विजय शाही ठकुरी घाईते भएको अवस्थामा तत्काल महानगरीय प्रहरी विट विन्दवासिनी, महानगरीय प्रहरी प्रभाग बलम्बु र स्थानीयबासीहरूले उद्दार गरी अस्पताल पठाइएको उनले जानकारी दिए । ठकुरीको शहिद मेमोरियल अस्पतालमा उपचा

    प्रतिकृया दिनुहोस