काठमाडौं : केवल अपरेटरहरूले चार भारतीय न्यूज च्यानलको प्रसारणमा लगाएको रोक कायमै राख्ने भएका छन् । तर अरु च्यानलहरुकाे भने प्रसारण खुलाएका छन् ।
अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्युज, आजतक, इन्डिया टिभी र एबिपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय गरेको हो । आइतबार रातिदेखि नै अरू भारतीय समाचारका च्यानलको प्रसारण सञ्चालन भएको छ ।
भ्रामक समाचार प्रसारण गर्ने केहि च्यानलको प्रसारणलाई लिएर सबै च्यानल बन्द गर्न अनुपयुक्त हुने देखिएकोले अपरेटरहरुले यस्तो निर्णय गरेको स्रोतले जनाएको छ ।
नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रामक एवम् आपत्तिजनक समाचार प्रसारण गरेपछि केबल अपरेटरहरूले २५ असारमा भारतीय न्यूज च्यानलको प्रसारणमा रोक लगाएका थिए ।
प्रतिकृया दिनुहोस