झापा : नेपाल मानव अधिकार संगठन झापा ले गौरादह र गौरिगन्जमा रहेका क्वारेन्टाइनको स्थलगत अवलोकन गरेको छ ।
संगठनले गौरादह र गौरिगन्जमा रहेका क्वारेन्टाइनको भौतिक अवस्था सहितको अवलोकन गरेको हो । स्थलगत अवलोकनमा क्वारेन्टाइनको गुणस्तर र क्वारेन्टाइन प्रयोगकर्ताका समस्या तथा गुनासाहरु बुझेर सम्बन्धित निकायलाई राय सल्लाह समेत प्रदान गरिएको बताइएको छ ।
सबै क्वारेन्टाइनको अवस्था सन्तोषजनक रहेको देखिएता पनि गौरादह कृषि क्याम्पस क्वारेन्टाइनमा केही कमिकमजोरी भेटिएको संगठनका झापा जिल्ला अध्यक्ष डिल्ली भट्टराईले बताए ।
हामी गौरादह र गौरिगन्जका सबैजसो क्वारेन्टाइनमा पुग्यौं, क्वारेन्टाइनमा रहनु हुनेका केही गुनासा पनि आएका छन्, शौचालयको पर्याप्त सुबिधा नहुदा कृषि क्याम्पसको क्वारेन्टाइनमा बस्नेहरूलाई निकै असहज भएको पाइयो यद्यपि गरिगन्जको क्वारेन्टाइन व्यवस्थापन निकै नै व्यवस्थित रहेकोमा खुशी लागेको छ’, अध्यक्ष भट्टराईले ओमकार टाइम्सलाई बताए ।
कृषि क्याम्पसमा पंखा र झुलको व्यवस्थापन समेत नभएको भन्दै गुनासो आएको उनले बताए । हामीले वार्ड अध्यक्ष हेमन्त कार्कीलाई यसबारेमा जानकारी गराएका छौँ, पंखा राख्नको लागि प्राबिधिक जान नमानेको वहाँको भनाइ आएको छ, क्वारेन्टाइन खाली हुनेबित्तिकै पंखा जडान गर्ने वहाँले हामीलाई वचन दिनुभएको छ, भट्टराईले भने ।
भारतबाट आएकाहरुमा संक्रमण बढी देखिएकोले खाडी मुलुकबाट आएकाहरु लाई पनि एकै ठाउँमा राख्न नहुने सुझाव समेत दिइएको जनाइएको छ ।
साधन र श्रोतको भरपर्दो व्यवस्था हुँदा पनि गौरादह कृषि क्याम्पस जस्तो स्थानमा रहेको क्वारेन्टाइनमा चरम लापरबाही देखिनुले जनप्रतिनिधिको उदासीनता लाई प्रष्ट पारेको छ ।
बिपद व्यवस्थापनको अध्यक्ष तथा वार्ड अध्यक्ष समेत आफैं रहेको वार्ड नं. २ को क्वारेन्टाइनको अवस्था दयनीय हुँदा पनि ध्यान नदिइएकोमा सरोकारवालाले गम्भीर चिन्ता प्रकट गरेका छन् ।
संगठनले झापाका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टाइनको अवलोकन गर्ने समेत बताइएको छ । अविरल बर्षाका कारण स्थगन गर्नु परेको अवलोकन भ्रमणको कार्यक्रम आगामी साता कचनकवल गाउँ पालिका बाट पुनः सुचारू गरिने मानव अधिकारकर्मी गंगा कार्कीले बताइन्
प्रतिकृया दिनुहोस