• विदेश

    ऐश्वर्या र आराध्यालाई पनि कोरोना संक्रमण

      ओमकार टाईम्स


    बलिउड नायक अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना संक्रमण देखिएपछि उनको परिवारको पनि कोरोना परिक्षण गरिएको थियो । पहिलो पटक गरिएको परिक्षणमा नायिका ऐश्वर्या राय बच्चन, उनकी छोरी आराध्या बच्चन र कलाकार जया बच्चनको रिपोर्ट नेगिटिभ आएको थियो ।

    तर, दोश्रो पटक गरिएको परिक्षणमा ऐश्वर्या र आराध्याको रिपोर्ट पोजिटिभ आएको छ । योसँगै होम क्वारेन्टाइनमा रहेका उनीहरुलाई अब नानावती अस्पतालमा भर्ना गरिनेछ । कलाकार जया बच्चन भने होम क्वारेन्टाइनमा नै रहनेछिन् ।

    आज बिहान गरिएको एन्टिजन टेष्टमा उनीहरुको रिपोर्ट नेगिटिभ आएको थियो । दुबैमा सामान्य लक्षण रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

    नायक अभिषेक बच्चनले यो परिस्थितीमा नआत्तिन सबैसँग अपिल गरेका छन् ।

    प्रतिकृया दिनुहोस