• सम–सामयिक

    जङ्गली च्याउ खाँदा ४ बिरामी

      रासस


    रुपन्देही । रुपन्देहीको  रोहिणी गाउँपालिका – १ मा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन् ।  शुक्रबार साँझ जङ्गलबाट ल्याइएको च्याउ खाँदा रोहिणी – १ निवासी ३० वर्षीया सहनाज खातुन, २० वर्षीया मसिहुस निसा, १६ वर्षीया सहिदा खातुन र  १० वर्षीय  समिर अन्सारी बिरामी भएका हुन् ।

    उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र  सामान्यावस्था रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए । च्याउ खाएपछि उनीहरुलाई बान्ता भइरहेपछि  उपचारका लागि अस्पताल ल्याइएको थियो ।

    प्रतिकृया दिनुहोस