• खेलकुद

    युरोपेली प्रतियोगितामा प्रतिबन्धः सिटीको भविष्यको फैसला सोमबार

      ओमकार टाइम्स


    यन क्लब फुटबल प्रतियोगिताबाट दुई वर्षका लागि गरिएको प्रतिबन्धविरुद्ध गरिएको अपिल सफल भए–नभएको बारे म्यान्चेस्टर सिटीले सोमबार थाहा पाउनेछ।

    गत फेब्रुअरीमा सिटीविरुद्ध युईएफए क्लब फाइनान्सियल कन्ट्रोल बडी (सीएफसीबी) ले प्रतिबन्धको घोषणा गरेपछि सिटीले कोर्ट अफ आब्रिटेसन फर स्पोर्ट (सीएएस) मा अपिल गरेको थियो ।

    सन् २०१२ देखि २०१६ को बीचमा क्लबले युईएफएको आर्थिक निष्पक्षता (फाइनान्सियल फेयर प्ले –एफएफपी) को गम्भीर उल्लंघन गरेको सीएफसीबीको ठहर छ । सिटीमाथि ३ करोड युरोको जरिवना पनि सुनाइएको थियो ।

    लगत्तै सिटीले सीएएसमा अपिल गर्ने संकेत गरेको थियो । सीएफसीबी निष्पक्ष नभएको उनीहरुको बुझाइ थियो । विशेष गरेर मिडियामा चुहाइएको गोप्य जानकारीबाट सिटी सशंकित बनको थियो ।

    ‘हामी तयार छौँ,’ म्यानेजर पेप ग्वार्डिओलाले शुक्रबार भनेका थिए, ‘हामीलाई आत्मविश्वास र भरोसा छ कि हामीलाई च्याम्पियन्स लिग खेल्ने अवसर दिइनेछ ।’

    उनीहरुको अपिल जुनबाट सुरु भएको थियो र यसलाई सीएएसका तीन वकिलले निजी भिडियो कन्फरेन्सबाट अपिलबारे सुनुवाइ गरेका थिए ।

    सिटीले च्याम्पियन्स लिगको अन्तिम १६ अन्तरगतको दोस्रो लेगमा रियल म्याड्रिडको सामना गर्दैछ । यो खेलमा ७ वा ८ अगस्तमा इतिहाद स्टेडियममा हुनेछ । 

    प्रतिकृया दिनुहोस