• देश

    राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक बालुवाटारमा

      ओमकार टाईम्स


    काठमाडौँ — वर्षासँगै मुलुकका विभिन्न ठाउँमा आएको बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोप न्यूनीकरण र पीडितको उद्धार तथा राहतबारे छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसिरहेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा शनिबार बिहानदेखि परिषद्को बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, मन्त्रीहरूको सहभागिता रहेको छ ।

    प्रधानमन्त्रीले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै सरकार प्राकृतिक प्रकोपबाट प्रभावित जनताको उद्दार र राहत कार्यमा लागिरहेको बताएका थिए ।

    पछिल्लो केही दिनयता मुलुकका विभिन्न भागमा गएका बाढी र पहिरोले २६ जनाको मृत्यु, ४२ जना बेपत्ता र २४ जना घाइते भएका छन् ।

    प्रतिकृया दिनुहोस