ठेक्का लिएर पर्साका १७ सडक अलपत्र पार्यो, २० प्रतिशत काम, ५० प्रतिशत भुक्तानी
ठेक्का लिएर समयमै काम सम्पन्न नगर्ने तथा लापरवाही गरेको आरोपमा पप्पु कन्स्ट्रक्सन फेरि कालोसूचीमा परेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै पप्पु कन्ट्रक्सनलाई एक वर्षसम्मका लागि कालो सूचीमा राखेको जनाएको हो ।
कार्यालयका अनुसार हुलाकी राजमार्गको विभिन्न ठेक्का लिएको पप्पु बाम्ती जेभी अनामनगरलाई एक वर्षसम्म कालोसूचीमा राखिएको छ ।
पप्पु कन्स्ट्रक्सन हरिनारायण रौनियारको हो । तर अहिले यो कन्स्ट्रक्सन छोरा सुमित रौनियारले सम्हालेका छन् ।
पटक–पटक तोकिएको निर्माण कार्य पूरा गर्न सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालयले निर्देशन दिए पनि अटेर गरेका कारण उनीहरुलाई कालोसूचीमा राखिएको हो ।
यसैगरी विजी कन्सट्रक्सन चांगुनारायण भक्तपुरका गौतम दुलाल र श्रीहरि सेतीदेवी जेभी मनहरि मकवानपुरका हरिहर चौलागाईलाई समेत एकवर्षका लागि कालोसूचीमा राखेको छ ।
विशेष गरी सडक विभागले निर्माण गरिरहेको हुलाकी राजमार्गको काम झण्डै २ दशकदेखि अलपत्र छ ।
सो आयोजनाको योजना कार्यालय कपिलवस्तुले २ खण्डको काममा लापरबाही भएको ठहरसहित सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेखी कालोसूचीमा राख्न आग्रह गरेको थियो ।
प्रतिकृया दिनुहोस