काठमाडौं, २६ असार । मुलुकभर प्राकृतिक विपत्तिले प्रभावित नगरिकहरु प्रति नेपाली कांग्रेसले दुख: व्यक्त गरेको छ । अविरल वर्षासँगै आएको बाढि र पहिरोबाट मृत्यु भएका र सम्पर्कविहीन भएकाहरुप्रति काँग्रेसले एक बिज्ञप्ति निकाल्दै दुख: व्यक्त गरेको हो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले घटनाप्रति दुःख व्यक्त गर्दै मुलुक कोरोना कहरको पीडामा रहेको बेला फेरि अर्को प्राकृतिक विपत बाढी, पहिरोको समेत सामना गर्नु परेको बताउनु भएकाे छ ।
उहाँले संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी बनाउन छिटोभन्दा छिटो प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न सरकारले धयान दिनुपर्ने बताउनुभएको बिज्ञप्तिमा उल्लेख छ । साथै उहाँले प्रभावित क्षेत्रका नेपाली कांग्रेसका स्थानीय पार्टी निकायहरु तथा भातृ एवं शुभेच्छुक संघ संस्थाहरुलाई पनि पीडित परीवारलाई तत्काल उद्धार र राहत कार्यमा आवश्यक सहयोग पुर्याउन निर्देशन गर्नु भएको छ ।
बिज्ञप्तिको अघि भनिएको छ – ‘विभिन्न जिल्लाहरुमा जनधनको ठूलो क्षति भएको र पीडितहरुको जिवन कष्टकर बन्दै गएको उल्लेख गर्दै पछिल्लो घटनाहरू कास्कीमा ७ को मृत्यु र ११ जना घाइते, लम्जुङमा ३ मृत्यु र ४ घाइते, सिन्धुपाल्चोकमा २ को मृत्यु र २१ वेपत्ता, म्याग्दीमा ३२ जना वेपत्ता भएका छन् । कैयौं नागरिक बासस्थानबाट विस्थापित भएका छन् र कैयौं स्थानहरुमा बाढी, पहिरोका कारण सडक यातायात अवरुद्ध भई नागरिकले कठिनाई व्यहोर्न परेको छ । यो प्राकृतिक विपतको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ ।’
प्रतिकृया दिनुहोस