• समाचार

    ‘फेस रिडर’ भनिने अर्जुन क्षेत्री पक्राउ

      ओमकार टाईम्स


    ‘ज्योतिष’ अर्जुन थापा क्षेत्री पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले क्षेत्रीसहित ३ जनालाई बिहीबार पक्राउ गरेको हो ।

    ‘अख्तियारको सह-सचिव हुँ’ भन्दै ठगी गरेको अभियोगमा क्षेत्रीलाई पक्राउ गरेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

    स्रोतका अनुसार विद्युत् प्राधिकरणले खरिद गरेका जग्गामा घोटाला भएको भन्दै चार करोड रुपैयाँ माग गरेका थिए । बार्गेनिङ क्रममा ५० लाखमा लेनदेन सहमति भएको थियो । सोहि रकम लिन जाँदा अख्तियारले क्षेत्रीसहित तीन जनालाई पक्राउ गरेको हो ।

    यसबारे थप अनुसन्धान भइरहेको छ।

    क्षेत्री यसअघि पनि नेपाल ठूलो भूकम्प आउन सक्ने भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ परेका थिए ।

    प्रतिकृया दिनुहोस