काठमाण्डौ। लगातारको वर्षासँगै राजधानी प्रबेश गर्ने प्रमुख तीनवटै राजमार्ग अवरुद्ध भएका छन्। अविरल बर्षाका कारण पृथ्वी राजमार्गको मुग्लीन–नारायणगढ सडक खण्डका ठाउँ ठाउँमा पहिरो खसेको छ। पहिरो हटाउने प्रयास भइरहे पनि सडक खुलि नसकेको प्रहरीले जानकारी दिएको छ ।
बागमती प्रदेशका प्रहरी प्रमुख डिआइजी वसन्त लामाका अनुसार पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कुलेखानी–हेटौंडा सडक पहिरोका कारण अवरुद्ध भएका हुन्।
उता बीपी राजमार्ग पनि आज बिहानैदेखि अवरुद्ध छ। सिन्धुलीको सुनकोसी गाउँपालिका २ कमेरेफाँटमा पहिरोजाँदा सडक अवरुद्ध भएको हो। पहिरो हटाउने काम जारी रहे पनि ठाउँठाउँमा पहिरो गएकाले सडक सञ्चालनमा कठिनाइ भइरहेको छ ।
त्यसैगरी बल्खु–कुलेखानी–हेटौंडा सडकखण्डको सिस्नेरीमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। बिहीबारदेखि नै अवरुद्ध यो सडकमा आज थप पहिरो गएको हो।
प्रतिकृया दिनुहोस