झापा: काेराेना महामारिकाे कारण ब्यवसायहरु धरासायी भई रहदा पशु चौपाया ब्यवसायि पनि अछुताे रहन सकेका छैनन् । लामाे समय देखि बन्दाबन्दिकाे अवस्था छ । पशु बजारहरु सुन्सान छन् । प्रायजसो खचाखच हुने पशुबजार ठप्प हुँदा यस क्षेत्रका ब्यवसायिहरु चिन्तित भएका छन् ।
कमल गाउँपालिका वडा नं :५ निवासी टंक प्रसाद भण्डारी लामाे समय देखि पशु चौपाया व्यापार गर्दै अाएका छन् । पशुधन व्यवसाय गरेर जिविको पार्जन गर्दै आएका भण्डारी भन्छन्, ‘यही ब्यवसायले ४/५ जनाकाे परिवारकाे सुख दुःखले गुजारा चलाउदै अाएका थियौं ।’
महामारीको कारण दुई छाक खान समेत गाह्राे भएकाे र बैंक बाट लिएको ऋण तिर्न नसकिएको उनी दुखेसो गर्छन् ।
झापा र माेरङमा रहेको पसु चैपाया व्यापार केन्द्र मध्ये गौरादहको दामुना, रतुवामाइको दोमना, दमक नगरपालिकामा रहेको दमक पशुहाट, पथरी शनिस्चरेमा रहेको पशुबजार, कन्काइ नगरपालिकाको घैलाडुब्बा पशु हटिया, धुलाबारीको पशु बजार मुख्य रहेका छन् । कोरोना महामारीको चपेटामा परेका पशुबजारमा पशु चौपाया खरिद बिक्री गर्न आउने व्यवसायीलाई त आफ्नो पीडा छँदैछ पशुबजार क्षेत्र आसपासमा रहेर ब्यापार व्यवसाय गर्नेहरु समेत व्यापार ठप्प हुँदा हातमुख जोर्न समस्यामा रहेको पाइन्छ ।
बिगत ३ महिना देखि सुनसान रहेको गौरादहको दामुना पशुबजार शुरु गर्ने बारे नगर प्रमुख रोहित साहको भनाइ यस्तो छ, ‘हिजोआज गौरादहमा कोरोना संक्रमित थपिएको कारण थप समस्या निम्तिएको छ, भर्खरै मात्र समुदाय बाट १०१ जनाकाे पिसिअार पठाईएकाे छ । रिपोर्ट कस्तो आउँछ भन्ने मै हामी चिन्तित छौँ, पशुबजार खोल्ने बारे अहिले नै केही भन्न सक्ने अवस्था छैन।’
पशुधन कारोबार स्थलहरुले स्थानीय क्षेत्रमा राजस्व संकलनको राम्रो माध्यम बन्दै आएकोमा हाल व्यवसाय नै ठप्प हुदा राजस्व संकलनको घाटा समेत बेहोर्नु परेको सरोकारवालाहरु बताउछन् ।
झापाको दमकमा रहेकाे पशु चैापायाकाे बिषयमा बाेल्दै नगर प्रमुख राेम अाेलि अहिले कै अवस्थामा त्यता तिर ध्यान पुर्याउन नसकिएको बताउछन् । ‘बन्दकाे कारण पशु ब्यवसायमा चौपट्टै असर परेकाेछ तर पुनः सुचारू गर्ने निणयमा माथिकाे अादेश अनुसार अघि बढ्नु पर्ने हुन्छ’, मेयर ओलीले ओमकार टाइम्स संग भने ।
त्यस्तै माेरङकाे पथरीका नगर प्रमुख दिलिप राई महामारि नरोकिए सम्म ब्यवसाय सुचारू गर्ने कुनै पहल नहुने जिकिर गर्छन् । कोरोना महामारी घट्दै गएको खण्डमा पशु चौपाया बिक्रीवितरण तत्काल सुचारू गर्ने मेयर राई बताउछन् ।
पशु चौपाया सगै जाेडिएर व्यवसाय चलाउदै अाफ्नाे दिन गुजारा चलाउने हाेटल ब्यवसायिलाई पनि ठुलो असर परेकाे व्यवसायीकाे गुनासो छ । ब्यवसायी भन्छन्, ‘हाेटलकाे भाडाकाे के कुरा यस्तै बन्द हुने हाे भने हाम्रो बाटाेकाे बास हुने भाे, हामीलाई दुई छाक खान पनि धौ धौ परेकाे छ। मान्छेकाे अावत जवत कम भएको कारण ब्यवसायमा असर परेकाे उनीहरु बताउछन् ।
के अब अरु संघ संस्था सुचारू भए जस्तै पशु चौपाया सुचारू हुन नसक्ने नै हाे त ?
पशु व्यवसाय गरेर गुजारा चलाउनेकाे बनिवास हुने नै हाे त ? हाेटल ब्यवसायिकाे बाटो मै बास हुने नै हो? पशु चौपाया सुचारू गर्न सरकारले कुनै पहल नगरेको नै हो त ? सरकारकाे यस बिषयमा ध्यानाकर्षण हुनु जरुरी देखिन्छ ।
प्रतिकृया दिनुहोस