काठमाडौं, २५ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय मिडियाले अतिशय दुष्प्रचार गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत उहाँले भारतीय सञ्चार माध्यमले नेपाल सरकार र प्रधानमन्त्रीबारे अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाउनुभएको हो ।
ट्विटरमा उहाँले लेख्नुभएको छ, ‘भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो। हद भयो, बकवास बन्द गर ।’
उहाँले हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति आफूहरू एक ढिक्का रहेको बताउँदै लेख्नुभएको छ, ‘विदेशीको फुटाउ र स्वार्थ पुरा गर भन्ने नीति सफल हुन दिनेछैनौँ । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।’
प्रतिकृया दिनुहोस