काठमाडौं । प्रेम कथानक फिल्म ‘मेरो दिल’ को ‘उनी र म..’ बोलको गीत सार्वजनिक भएको छ । प्रेमपीडा भावको गीतमा करणराज गिरीको स्वर र संगीत तथा नारायण जलनको शब्द छ ।
रेखा शाह र नरेश योगीले कोरियोग्राफी रहेको गीतको भिडियोमा मोनिका दाहाल र शंकरराज पहाडीको अभिनय देख्न सकिन्छ । फिल्मको रिलिज अनिश्चित भएपनि प्रचार प्रसार विस्तारै गर्ने उदेश्यले निर्माण युनिटले गीत सार्वजनिक गरेको हो ।
नविन पन्तको निर्देशन रहेको फिल्ममा मोनिका, शंकरराज, ओेसिन भट्टराई,भुवन खड्का, हरि बस्नेत डिकेलगायतले अभिनय देख्न सकिन्छ । विनोद सापकोटाको छायाँकन रहेको फिल्मको निर्मातामा गीता शर्मा, सलिना लामा, हरि शर्मा र टेरिसा खड्का हुन् ।
फिल्म कोरोना महामारी शान्त भएपछि रिलिज गरिने निर्देशक पन्तले बताए ।
प्रतिकृया दिनुहोस