• समाचार

    नयाँ आईजीपी थापाले भोलिबाट कार्यभार सम्हाल्ने

     


    काठमाडौँ । नव नियुक्त प्रहरी महानिरिक्षक (आईजीपी) शैलेश थापा क्षेत्री भोलीबाट कार्यभार सम्हाल्ने भएका छन ।

    मंगलवारको मन्त्रिपरिषदको निर्णय अनुसार आईजीपीमा नियुक्त क्षेत्रीले नयाँ महानिरीक्षकको फूली लगाउने कार्यक्रम भोलीलाई राखिएको छ ।

    यता हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली भोलिबाट ३० वर्षे सेवा अवधीका कारण अवकाश पाउँदै छन्। ३० वर्षे सेवा अवधिका कारण ज्ञवालीसहित उनका ब्याची प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी)सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउन लागेका हुन् ।

    महानिरीक्षक ज्ञवालीको विदाइका लागि आज साँझ ५ बजे प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम राखिएको बताईएको छ ।

    प्रतिकृया दिनुहोस