• समाचार

    चोरीको मोटरसाइकल सहित मानिस पक्राउ

      ओमकार टाईम्स


    मोरङको पथरी शनिश्चरे नगरपालिका-९ बाट चोरी भएको मोटरसाइकल सहित ३ जना मानिस पक्राउ परेका छन् ।

    पथरी शनिश्चरे नगरपालिका-२ का आतेजुङ राईले आफ्नो को ३४ प ६००४ नम्बरको मोटरसाईकल सोमवार राती करिव २ बजेको समयमा घरबाट नै हराएको भनी जानकारी गराएसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका-१० का २० बर्षीय निमा तामाङ , बेलबारी नगरपालिका-२ का २० बर्षीय पृतिमान भण्डारी र २२ बर्षीय अभिषेक कट्टेललार्इ चोरी भएको मोटरसाईकल सहित पक्राउ गरेको हो ।

    पक्राउ परेका मध्ये निमा तामाङले केही समय अगाडी पथरी बजारका केही पसलहरुबाट जिन्सी समानहरु समेत चोरी गरेको खुल्न आएको तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    प्रतिकृया दिनुहोस