मिलन अधिकारी
झापाकाे गाैरादहमा समुदायमा काेराेना पुष्टि भएकाे छ । नगरपालिका १ की स्थानिय ६८ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टी भएसंगै अब क्वारेन्टिनमा मात्र हैन समुदायमै काेराेना पसेकाे हाे । केहि दिन अघि उपचारका लागि काठमाण्डौं गएकी महिलामा संक्रमण पुस्टि भएकाे थियाे ।
घाटिमा समस्या अाएपछि मात्र उनी गाैरादह बाहिर गएकि हुन , उनकाे अन्य “ट्राभल हिस्ट्रि” छैन । त्यसैले उनलाई गाैरादहमै काेराेना लागेकाे हाे भन्न सकिने अाधार रहेकाे गाैरादहमा संचालित “काेभिड साथि” अभियानका अभियान्ता डा. तिलक खनालले बताए । अहिले जाँच क्वारेन्टिन केन्द्रित छ , समुदायमा रहेकाहरु लक्षण देखिँदा वा अन्य राेगकाे उपचारमा जादा मात्र फाट्टफुट्ट देखिएकाे हाे उनले भने । समुदायमा “मास टेस्टिङ्ग” गर्ने हाे भने धेरै संक्रमितहरु हुनसक्ने उनले बताए । समुदायमा जनचेतनाकमि र लापर्वाहिका कारण सुरक्षाका उपायहरु नअपनाउनाले अझ जाेखिम बढाएकाे उनकाे ठहर छ ।
यसैबिच गाैरादहकाे समुदायमा संक्रमित भेटिएपछि नगरमा काेराेनाकाे जोखिम बढेको भन्दै चार किल्ला ताेकेर नगरका सम्पूर्ण व्यापार , व्यवसाय संगै आवागमन बन्द गरिएको गौरादह नगरपालिकाका प्रबक्ता नगेन्द्र भण्डारीले जानकारी दिए । समुदायमा कोरोना फैलने सक्ने आशंकाले गौरादह को चैतुचोक देखि दक्षिणमा कार्की चोक, पश्चिममा गौरीया खोलादेखी पूर्वमा गोल्छा चोक सम्मलाई तत्कालका लागि आवत जावतमा निषेध गरिएको बताईएकाे छ ।
त्यसैगरि अहिले स्थानिय संक्रमित बृद्दकाे सम्पर्कमा आएकाहरुको पहिचान गरि नमुना स्वाब संकलन सुरु गरिएको छ। अहिले सम्म उनको सम्पर्कमा आएका एक सय एक जनाको पहिचान भएको र उनीहरु सबैको कोरोना परिक्षणका लागि स्वाब संकलन गरि आजै बिराटनगर लगिने गौरादह नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पर्शुराम भट्टराईले जानकारी दिएका छन ।
क्वारेन्टिनमा बस्न दाेहाेराे मापदण्ड:
गाैरादहमा बिदेशबाट अाएकाहरुलाई पहुचकाे अाधारमा दाेहाेराे मापदण्ड लगाईएकाे पाईएकाे छ । बिदेशबाट पिसिअार रिपाेर्ट बाेकेर अाएका मध्ये साेर्स लगाउन सक्ने र पहुचवालाहरु “हाेम क्वारेन्टिन ” मा र साेर्स नपुग्ने र सर्बसाधारणहरुलाई अनिवार्य “सार्वजनिक क्वारेन्टिन” मा राखिएकाे पाईएकाे हाे ।
गाैरादहकाे बिभिन्न स्थानमा रहेकाहरु मध्ये खाडि , मलेसियाबाट जाने अधिकांसले पिसिअार रिपाेर्ट बाेकेका छन , तर उनिहरुलाई अनिवार्य भन्दै सार्बजनिक क्वारेन्टिनमा राखिएकाे छ ।
तर युराेप , अस्ट्रेलियाबाट अाएका र पहुचहुनेहरुलाई त्यहि पिसिअार रिपाेर्टकाे अाधारमा सिधै घर पठाउने गरिएकाे उनिहरुले बताए । अस्ट्रेलियाबाट अाएका एकजनालाई माथिल्लाे तहका नेताकाे साेर्स लगाएर नगर प्रमुखकै अादेशमा घर पठाईएकाे उनिहरुकाे अाराेप छ ।
हामी पनि पिसिअार रिपाेर्ट बाेकेरै अाएका छाैं। तर हामिहरुलाई सार्बजनिक क्वारेन्टिनमा बस्नै पर्ने नियम भएकाे बताईएकाे मलेसियाबाट फर्किएर बैगुन्धुराकाे अमर मा.बि. क्वारेन्टिनमा रहेका सबिन कार्किले बताए । पिसिअार रिपाेर्ट नेगेटिभ भएकाे प्रमाण लिएर सार्बजनिक क्वारेन्टिनमा बसेका अधिकांसले पहुचकाे अाधारमा नगरले अपनाएकाे दाेहाेराे नियम तत्काल बन्द गर्नुपर्ने बताए । कि रिपाेर्ट भएका सबैलाई घर पठाउ , कि त सबैलाई सार्बजनिक क्वारेन्टिनमा बसाउनुपर्ने उनिहरुले बताएका छन । बिदेशबाट अाएकाहरुलाई वडा अध्यक्षकाे समन्वयका अाधारमा क्वारेन्टिनमा पठाईने गरिएकाे छ ।
प्रतिकृया दिनुहोस