काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् ।
आज बिहान करिब एक घण्टा भएको भेटवार्ता भएको जनाइएको छ ।
भेटका लागि राजदूत यान्छी खनाल निवास डल्लु पुगेकी थिइन् ।
नेकपाभित्र विवाद चुलिएका बेला केही दिनयता चिनियाँ राजदूतले नेकपामा नेताहरुसँगको भेटवार्तालाई तीव्रता दिएकी छिन् । यसअघि उनले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेकी थिइन् ।
नेकपा नेताहरूसँगको राजनीतिक भेटवार्ताहरुमा राजदूत होउले एकताबद्ध भएर अघि बढ्न सुझाव दिने गरेको बताइएको छ ।
नेकपा स्थायी कमिटीको बैठकमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्षका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि आन्तरिक संघर्ष चर्किएको छ ।
प्रतिकृया दिनुहोस