राजधानीको छाउनीस्थित काठमाडौं भ्याली स्कुलले लकडाउनमा अभिभावकसँग वार्षिक शुल्क र मासिक शुल्क वापत ४० हजार रुपैयाँ सम्मको बील पठाएपछि विद्यालय र अभिभावकबीच टकराब बढेको छ ।
यति सम्मकी विद्यालय प्रशासनले वार्षिक र मासिक शुल्क नतिरे छोराछोरी फिर्ता लैजान समेत धम्की दिएका छन् ।यसअघि पनि विवादमा आएको सो विद्यालयका अध्यक्ष डा. स्वागत श्रेष्ठले आफुले नयाँ प्रविधिमा आधारिक अनलाईन कक्षा सञ्चालन गरेको दाबी गर्दै त्यस वापत शुल्क माग गरेको बताउनुभएको छ ।
आफुलाई सूचना प्रविधि विज्ञ र अनुसन्धान कर्ताको परिचय दिने अध्यक्ष डा. श्रेष्ठले अहिले तिर्न नसकेपनि कुनैपनि हालतमा वार्षिक शुल्क उठाएरै छाड्ने अडान राख्नुभएको छ ।
अध्यक्ष डा. श्रेष्ठ भन्नुहुन्छ – अभिभावकलाई वार्षिक शुल्क वापतको रकम अहिले तिर्न नसके पछिसम्म तिर्दापनि हुन्छ भन्ने आग्रह गरेका हौ । सो विद्यालयले कक्षा २ मा मासिक र वार्षिक शुल्क समेत गरी जेठ सम्मको २० हजार ४ सय देखि ३३ हजार ५ सयको बील पठाएका छन् बील पठाउदा समस्या देखिने भएपछि भाइबरमा बील पठाएको एक अभिभावकले बताए ।
प्रत्येक परीक्षाबापत १ हजार रुपियाँ लिने गरेको सो विद्यालयले असार २२ बाट परीक्षा शुरु भएको जानकारी गराउँदैं विद्यालयबाट उतरपुस्तिका लैजान उर्दी जारी गरेको छ ।
अभिभावक अमन तुलाधरले विद्यालयले अति गरेपछि परीक्षा र अनलाइन कक्षासमेत वहिष्कार गरेको बताउनुभयो । विद्यालयले कक्षा १ देखि १० सम्मको परीक्षा लिन सूचना जारी गरेको छ ।
लकडाउनको समयमा भौतिक दूरी कायम गर्नुपर्ने अवस्थामा विद्यालयले स्कुलमै आएर उत्तरपुस्तिका लैजान आग्रह गरेको हो । परीक्षासम्बन्धी ५ बुँदे निर्देशनमा अभिभावक र विद्यार्थीले घरमा बसेर शिक्षकको अगाडि खाम खोल्नुपर्ने, २४ घण्टाभित्र उत्तरपुस्तिका विद्यालयमा पु¥याउनुपर्ने बाध्यकारी निर्देशन जारी गरेको छ ।
तुलाधारले डा. श्रेष्ठसँग परीक्षा सञ्चालन नगर्न, वार्षिक शुल्क नलिन र मासिक शुल्कमा केही विचार गर्न आग्रह गर्दा बेवास्ता गरेको बताउनुभयो । श्रेष्ठको धम्कीपछि १ सय ३० जना अभिभावकले भाइबर ग्रुप बनाएर अनलाइन कक्षा बहिष्कार गरेका छन् ।
हिसानका उपाध्यक्षसमेत रहेका श्रेष्ठले सिस्टमबाट शुल्कबापतको रकम जारी भएको स्वीकार गर्दै कसैलाई पनि जबरजस्ती नगरेको बताएकाे छ । विद्यालयले ८ सय विद्यार्थी रहेको विद्यालयमा १ सय ३० विद्यार्थीले स्कुल छाड्दा कुनै समस्या नपर्ने धम्कीसमेत दिएको अभिभावको भनाइ छ ।
विद्यालय प्रशासनले पटकपटक टेलिफोन गरी शुल्क तिर्न ताकेता गरेपछि अभिभावकले प्याब्सन र काठमाडौं महानगरपालिका शिक्षा विभाग गुहारेका छन् । उनीहरुले शिक्षा विभागमा उजुरी दिएका छन् । ‘अहिले हामी ६३ जना अभिभावकले हस्ताक्षर गरेका छौं, यो क्रम बढ्ने क्रममा छ’ –तुलाधरले भन्नुभयो । सहमतिमा मासिक शुल्क तिर्ने तयारी गर्दा पनि नमानेपछि बाध्य भएर परीक्षा र अनलाइन कक्षा वहिष्कार गरेको तुलाधरले बताउनुभयोे ।
अध्यक्ष श्रेष्ठले अनलाइन कक्षालाई लगातार पढाइ सरह मान्यता दिँदै दिएका कारण रकम माग गरेको बताउनुभयो । ‘हामीले सबै रकम अहिल नै मागेका छैनौं, पटकपटक तिर्ने गरी आग्रह गर्दा पनि अभिभावकले अस्वीकार गरिरहेका छन’ –उहाँले भन्नुभयो ।
अधिकांश विद्यालयले मासिक शुल्क मात्र लिएको अवस्थामा सो विद्यालयले एक वर्षभित्र जसरी भए पनि वार्षिक शुल्क तिर्नैपर्ने अडान दोहो¥याएको छ ।
श्रेष्ठले आफ्नोे विद्यालयको अनलाइन पढाइको सिस्टम फरक भएकाले बढी रकम मागेको जस्तो लागेको हुन सक्ने बताउँदै अभिभावकसँग रकम माग्नु कुनै गल्ती नभएको बताउनुभयो । त्यसै गरी उहाँले विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्न अनिवार्य रुपमा परीक्षा लिएको जिकिर गर्दै परीक्षाको विषयमा आफू गलत नभएको दाबी गर्नुभयो । सो विद्यालयले यही २९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरेको छ ।
आजको समाचारपत्रमा खबर छ ।
प्रतिकृया दिनुहोस