• मनोरञ्जन

    अदितीको इन्स्टाग्राममा १० लाख फलोअर्स

      ओमकार टाईम्स


    अहिले सेलिब्रेटीहरुलाई आफ्ना शुभचिन्तकहरुसँग जोडिने सामाजिक संजाल निकै सजिलो माध्यम बनेको छ । सेलिब्रेटीहरु आफ्नो कामदेखि आफ्नो दैनिकीसम्मको जानकारी सामाजिक संजालबाट नै जानकारी दिने गर्छन् । त्यसैले होला, सामाजिक संजालमा सेलिब्रेटीका फलोअर्स दिन प्रतिदिन बढिरहेका हुन्छन् ।

    केही दिन अगाडि नायिका प्रियंका कार्कीले सामाजिक संजाल इन्स्टाग्राममा १० लाख फलोअर्स कटाइन् । आफूलाई पछ्याउने १० लाख नाघेपछि प्रियंकाले सम्पूर्ण शुभचिन्तकलाई धन्यवाद दिएकी थिइन् ।

    यस्तैमा, नायिका अदिती बुढाथोकीले पनि आफ्नो इन्स्टामा १० लाख फलोअर्स कटाएकी छिन् । अदितीले आफ्नो इन्स्टामा १० लाख फलोअर्स कटेपछि आफू थप बलियो भएको बताएकी छिन् । उनले शुभचिन्तकको मायाले नै यो सम्भव भएको उल्लेख गरेकी छिन् ।

    अदिती इन्स्टामा निकै सक्रिय छिन् । उनले इन्स्टामा आफ्नो बोल्ड तस्वीरहरु सार्वजनिक गरिरहेकी हुन्छिन् ।

    चलचित्र ‘कृ’बाट डेब्यु गरेकी अदिती अहिले नयाँ चलचित्र ‘बेन्जो’को तयारीमा छिन् । अदितीले केही हिन्दी गीतहरुमा पनि काम गर्न भ्याइसकेकी छिन् ।

    प्रतिकृया दिनुहोस