काठमाण्डौ – विश्व कोरोना महामारीसँग जुधिरहेको बेला चीनमा अर्को महामारी निम्त्याउने रोग ‘ब्युबोनिक प्लेग’को खतरा बढेको छ ।
उत्तरी चीनको एक अस्पतालमा ब्युबोनिक प्लेग देखिएपछि त्यस क्षेत्रमा सतर्कता अपनाइएको छ । चीनको आन्तरिक मंगोलियाई स्वायत्त क्षेत्र, बयन्नुरमा प्लेगको रोकथाम तथा नियन्त्रणको लागि तेस्रो चरणको चेतवानी समेत जारी गरिसकेको छ ।
बयन्नुरको एक अस्पतालमा ब्युबोनिक प्लेगको यो घटना गएको शनिबार देखिएको हो । स्थानीय स्वास्थ्य विभागले २०२० को अन्त्यसम्मको लागि यसको खतरा रहेको भन्दै त्यहाँका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।
यो रोग जंगली मुसामा पाइने एक प्रकारको ब्याक्टेरियाबाट सर्छ । यो रोगले विश्वमा पहिले विभिन्न समयमा गरी तीन पटक ठूलो महामारीको रुप लिइसकेको छ ।
पहिलोपटक पाँच करोड मानिसको ज्यान लिएको यस रोगले दोस्रो पटक युरोप महादेशको एक तिहाई जनसङ्ख्या नै सखाप पारेको थियो । तेस्रो पटक ८० हजार मानिसको ज्यान लिएको थियो ।
प्रतिकृया दिनुहोस