दमक। प्रधानमन्त्री केपी ओलीको पक्षमा देशभर नै प्रदर्शन भइरहेको बेला झापाको दमकमा पनि प्रदर्शन भएको छ । प्रधानमन्त्रीको गृह नगरमा सरकार ढाल्न लागिएको भन्दै ओलीको पक्षमा कार्यक्रम गरिएको हो ।
प्रधानमन्त्री ओलीको पक्षमा स्वतन्त्र युवा समुहले आयोजना गरेको विरोध कार्यक्रममा युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारी र नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकास राज अधिकारीले बोलेका थिए । उनिहरुले राष्ट्रको पक्षमा बोल्दा ओली सरकार धरावमा परेको दाबि गरे ।
उनिहरुले ओली भन्दा राष्ट्रबादी नेता अरु कोही नभएको भन्दै अबको ५ बर्षसम्म ओलीनै प्रधानमन्त्रि हुनुपर्ने बताए । यदि ओलीलाई बलजस्ती हटाइए आफुहरु जस्तोसुकै आन्दोलन गर्न तयार रहेको चेतावनी दिए ।
उनिहरुले राष्ट्र विखण्डनतर्फ गईरहेको भन्दै जनताले देखेको सपना पुरा नहुनेमा आशंका गरे ।कार्यक्रममा प्रदर्शनकारीहरुले बोकेका प्लेकार्डमा आजलाई होईन भोलिलाई ५ वर्ष ओलीलाई, भारतीय विस्तारवाद मुर्दावाद, अस्थिरता चाहानेहरु होशियार लगायतका नारा लेखिएका थिए ।
प्रतिकृया दिनुहोस