एजेन्सी । भारत चीन सीमामा तनावको स्थिति रहेकै बेला भारतीय प्रधानमन्त्री लद्दाख पुगेका छन ।
मोदी शुक्रबार लद्दाखको राजधानी लेह पुगेको भारतीय संचारमाध्यमले जनाएका छन्।
उनीसंगै चीफ अफ डिफेन्स स्टाफ विपिन रावत पनि शुक्रबार बिहानै लेह पुगिसकेका छन्। यसअघि वायुसेना प्रमुख र सेनाप्रमुख पनि लेह पुगिसकेका थिए।
प्रधानमन्त्री मोदीले सेनाका जवानहरुलाई भेटेका छन्। यस्तै मोदीले गलवान भिडन्तमा घाइते भएर लेहमा उपचार गराइरहेका जवानहरुलाई पनि भेट्नेछन्।
प्रतिकृया दिनुहोस