• समाचार

    प्रधानमन्त्रीले अस्पतालमा भेटे ‘इनफ इज इनफ’का अनशनकारीलाई

      ओमकार टाईम्स


    प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको सबल व्यवस्थापनको माग गर्दै अनशनरत युवाहरुलाई भेटेका छन्।

    प्रधानमन्त्री ओली बिहीबार अपरान्ह धुम्बाराहीस्थित ह्‍याम्स अस्पताल पुगेर ‘इनफ इज इनफ’ समूहका अनशनकारीहरुको स्वास्थ्यबारे जानकारी लिएका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।

    भेटमा प्रधानमन्त्रीले सरकार कोभिड-१९ नियन्त्रण गर्न पारदर्शी ढङ्गले सक्रिय रहेको उल्लेख गरेका थिए। पाटन दरबार स्क्‍वायरमा गत सातादेखि अनशन बसेका युवाहरुको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको थियो।

    प्रतिकृया दिनुहोस