काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छिन् ।
उनले मन्त्रिपरिषदको सिफारिस अनुसार आज (बिहीबार) अपराह्न ५ बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएकी हुन् ।
यसअघि बिहीबार नै बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । वैशाख २६ गतेबाट शुरु भएको संसदको अधिवेशनले सरकारको नीति तथा कार्यक्रम, बजेट पारित गरेको छ । त्यसबाहेक अन्य केही विधेयकहरु पनि पारित गरेको छ ।
प्रतिकृया दिनुहोस