झापा : संस्थागत बिद्यालय शिक्षक युनियन इस्टुले गौरादह नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ ।
लकडाउन संगै आफू मातहतका शिक्षकहरुको भविस्य अन्योलमा परेको भन्दै इस्टु गौरादह नगर समितिले नगर प्रमुख रोहित कुमार साहलाई ध्यानाकर्षण पत्र बुझाएको हो । नगर प्रमुख साह निवासमै बिहिवार बिहानै पुगेका इस्टु पदाधिकारीले निजि बिद्यालयले लामो समय देखि तलब रोकेर राखेको, शिक्षकलाइ जथाभावी निस्कासन गरेको लगायतका विषयमा सुनुवाइ गरिदिन आग्रह गरेका थिए ।
लामो समय देखि रोजगार बिहिन हुँदाको परिस्थिति बारे जानकारी गराउदै अन्य स्थानीय तहले सरह गौरादहमा पनि राहत प्याकेज घोषणा गरिदिन नगरप्रमुख संग आग्रह गरे ।
उक्त अवसरमा मेयर साहले प्याब्सन, इस्टु र नगरपालिका स्तरीय त्रीपक्षिय बैठक आह्वान गरेर समस्याको समाधान गर्न पहल गरिने आश्वासन दिए ।
प्रतिकृया दिनुहोस