झापा — ट्राफिक प्रहरी कार्यालय दमक झापाको सुबिधा सम्पन्न भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
गत बर्षको बैशाख २३ गते शिलान्यास गरि निर्माण सुरू गरीएको भवनको तेस्रो तलाको ढलानको काम सकिएको दमक ट्राफिक प्रमुख यज्ञराज शर्माले जानकारी दिएका छन् । शर्माका अनुसार जम्मा दुई करोड ८३ लाख २७ हजार दुई सय ५० रुपैयाँको लागतमा दमक ट्राफिकको तीन तले सुबिधा सम्पन्न कार्यालय भवन निर्माणको काम जारी छ ।
भवन निर्माण सम्पन्न गर्ने अन्तिम म्याद २०७७ साल बैशाखमा भनिएको भए पनि कोरोना भाइरसको प्रभाबका कारण मुलुक लकडाउनमा गएका कारण करिब ३ महिना कामनै ठप्प भएको थियो । अहिले मजदुरहरुलाई सामाजिक दुरी कायम गराएर, स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर पुन निर्माणको काम सुचारु गरिएको ट्राफिक प्रमुख शर्माले जानकारी दिए ।
१ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय, दमक नगरपालिका र दमकका स्थानीयबासीहरुको सहयोगमा निर्माणाधिन भवनमा १४ वटा कोठा रहने र छुट्टै मेश समेत निर्माण गरिने बताइएको छ ।
प्रतिकृया दिनुहोस