• फिचर समाचार

    पन्चबुटी अध्ययन केन्द्रको स्थापना, लघु उद्योगको लागि चाहिने कच्चापदार्थ समेत उत्पादन गरिने

      सुमित भण्डारी


    गौरादह नगरपालिका वार्ड नं. ७ प्रणामी टोलमा पन्चबुटी कृषि अध्ययन केन्द्रको स्थापना गरिएको छ । प्राबिधिक शिक्षालय गौरादहको मुख्य भुमिका रहने गरि कृषि अध्ययन केन्द्रको स्थापना गरिएको हो । धान दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा पन्चकन्या द्वारा धान रोप्ने कार्यको शुभ साइत गर्दै सामुहिक रूपमा धान रोपेर धान दिवस मनाइएको थियो । अध्ययन केन्द्रले आधुनिक खेती प्रबिधिमा जोड दिदै लघु उद्योगको लागि चाहिने कच्चापदार्थ उत्पादनमा समेत जोड दिइने बताइएको छ ।

     

     

    प्राबिधिक शिक्षालय गौरादहकी अध्यक्ष पंकजा भण्डारी (पुनम नेपाल ) को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख गिता भेट्वालले ब्यानर बाचन गरेर पन्चबुटी कृषि अध्ययन केन्द्रको उद्घाटन गरिन । सहितको वडाका वडा नं. ७ वडा अध्यक्ष बलराम खरेल, वडा नं. १ अध्यक्ष नगेन्द्र भण्डारी, नेकपा नेता योगराज दाहाल, नेपाली कांग्रेसका नेता डा. खगेन्द्र पाण्डव अधिकारी, पुर्वान्चल कृषि क्याम्पस का संस्थापक तथा नेपाली कांग्रेसका नेता अनिल कृष्ण प्रसाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए । चलचित्र निर्देशक हरि बस्नेत डि के ले संचालन गरेको कार्यक्रममा केन्द्र कि सदस्य मन्दिरा कार्कीले स्वागत मन्तव्य राखेकी थिइन् भने प्राबिधिक शिक्षालय गौरादहका बोर्ड मेम्बर तथा पत्रकार सान नेपालले संस्थाको परिचय र पन्चबुटी अध्ययन केन्द्रको उद्देश्य बारे प्रकाश पारेका थिए ।

     

     

    ‘नतिजा’ को पनि शुभ मुहुर्त

     

    सोही अवसरमा गौरादहमा भर्खरै स्थापना गरिएको कलाकारहरुको छाता संगठन दर्पण कला चौतारी को ब्यानरमा निर्माण हुने ‘नतिजा’ नामक चलचित्रको शुभमुहुर्त समेत गरिएको छ । स्थानीय कलाकारलाई प्राथमिकता दिइने बताइएको उक्त चलचित्रमा निर्माता डिक खड्का, पंकजा भण्डारीको कथा तथा हरि बस्नेत डि के ले निर्देशन गर्ने बताइएको छ । बिद्यालयहरुमा कस्तो शिक्षा दिइनुपर्छ भन्ने कथा वस्तु रहेकोे उक्त चलचित्र आगामी बैशाख सम्ममा निर्माण कार्य सम्पन्न गरि पर्दर्शन गरिने योजना रहेको निर्देशक बस्नेतले ओमकार टाइम्सलाई बताए ।

     

     

    के हो पन्चबुटी कृषि अध्ययन केन्द्र?

    आधुनिक तरिकाले खेती गर्ने योजना सहित स्थापना भएको संस्था हो पन्चबुटी कृषि अध्ययन केन्द्र । कृषिमा आत्मनिर्भर र कृषकले सम्मान पुर्वक जीवन यापन गर्नको लागि के कस्तो पुर्वाधार र सोचको आवस्यकता पर्छ, थोरै भन्दा थोरै ठाउँको सदुपयोग गरेर कसरी पर्याप्त आम्दानी गर्न सकिन्छ, अर्गानिक खेती प्रबिधि के हो र कृषकले कसरी अर्गानिक खेती बाट पर्याप्त आम्दानी गर्न सक्छन्, बढ्दो बेरोजगारी समस्यालाई कसरी निराकरण गर्न सकिन्छ आदी विषयमा आगामी दिनमा अध्ययनको गन्तव्य बनाउने संचालकहरु बताउछन् । स्थानीय क्षेत्रमा रहेका २ वटा कृषि क्याम्पस तथा आयुर्वेदिक अस्पतालहरु संग समेत समन्वन्य गर्दै रोजगार गन्तव्यको रूपमा केन्द्रलाई स्थापित गर्दै लगिने लक्ष्य रहेको बताइएको छ ।

     

    प्रतिकृया दिनुहोस