जनकपुरधाम। रातिदेखिको अविरल वर्षाका कारण प्रदेश २ को प्रदेश सभा भवन परिषर माछा पोखरीमा परिणत भएको छ । भवन परिसर पानीले भरिएको छ । जहा हेर्नेकोे रमिता समेत लागेको छ ।
अविरल वर्षाका कारण धनुषाका अधिकांश क्षेत्रहरूमा पानी जमेको छ । त्यस्तै जनकपुरको प्रादेशिक अस्पताललगायतको स्थानमा समेत पानी जमेको छ । जनकपुरका प्राय बाटोमाथी नै पानी कुदिरहेको छ ।
जसका कारण केही समय अगाडी मात्र निर्माण सम्पन्न जनकपुरको एकीकृत परियोजनाद्वारा बनाइएको सड़क र ढलमाथि समेत प्रश्न उठ्न थालेको छ । जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश वडाहरुमा पानी जमेको छ । सड़कमा पानी जमेपछि सर्वसाधरणलाई आवत जावतमा समस्या भएको छ । उता महोत्तरीका पनि कतिपय स्थान डुवानमा परेको बताइएको छ । महोत्तरीको जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, दुर्गा मन्दिर लगायतका स्थानमा पानी जमेको बताइएकाे छ ।
प्रतिकृया दिनुहोस