भुवन खड्का
झापा: गौरादह नगर क्षेत्र भित्र रहेका कलाकारहरुको छाता संगठनको रूपमा दर्पण कला चौतारी को स्थापना गरिएको छ ।
प्राबिधिक शिक्षालय गौरादहको सभाहलमा सम्पन्न भएको कार्यक्रममा आनन्द सुब्बाको नेतृत्वमा ११ सदस्यीय तर्दथ समिति गठन गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा हरि बस्नेत डि. के., सचिवमा भुवन खड्का तथा कोषाध्यक्षमा पंकजा भण्डारी(पुनम नेपाल) रहेका छन् भने सदस्यहरुमा जिदन मर्डी, भावना चौलागाईं, देवु निरौला, हनि राजवंशी, रोम कुमार खड्का रहेका छन् ।
यसैगरी सल्लाहकार समितिमा भोजराज दाहालको संयोजकत्वमा सुरेश बहादुर पौडेल र सिताराम ताजपुरिया सदस्य रहेका छन् । नवगठित तदर्थ समितिले बिधान निर्माण उपसमितिमा टेक बहादुर कार्कीको संयोजकत्वमामा चक्रमणी बराल, धर्म चौहान, कविता कोइराला घिमिरे, नारायण राजवंशी तथा दर्ता उपसमितिमा भुवन खड्का, टेक बहादुर कार्की र छलमाया बजगाइ रहेका छन् ।
त्यसैगरी छरिएर रहेका कलाकारहरुको खोजी गर्दै एकजुट गराउने कार्यको लागि भुवन खड्काको संयोजकत्वमा, नारायण राजवंशी, हरि बस्नेत, जिदन मर्डी, सुरेन्द्र श्रेष्ठ र डिक खड्का सदस्य रहेका छन् भने मिडिया संयोजकमा सान नेपाल रहेका छन्
प्रतिकृया दिनुहोस