• फिचर समाचार

    एमसीसी विरुद्ध प्रधानमन्त्रीको गृह नगरमा फेरी प्रदर्शन ( हेर्नुस भिडियो सहित )

      ओमकार संवाददाता


    सरकारले एमसीसी लागू गर्ने संकेत देखाएसंगै देशैभर एमसीसीको बिरोध भैरहेको छ ।

     

    त्यस्तै आज प्रधानमन्त्री केपी ओलीको गृह नगर दमकमा पनि एमसीसी विरुद्ध प्रदर्शन गरिएको छ । आँफूलाई स्वतन्त्र युवा बताउने युवाहरुको समुहले विभिन्न नारा लेखिएका प्लेकार्ड सहित शान्तिपूर्ण ढंगले उपस्थित भएर विरोध जनाएका छन् ।

     

    यसअघि पनि एससीसीको विरुद्धमा दमकमा पटक पटक प्रदर्शन भएका थिए ।दमक चोक को आकाशे पुल मुनी लामबद्व भएर उनिहरु ले मौन प्रदर्शन गरेका हुन ।

     

     

    उनिहरुले बोकेको प्लेकार्डमा `हामी चाँही पढेर एमसिसी को बिरोध गर्न आएको हौँ ´, `एमसीसी बारे बोल्नै पर्छ साँचो कुरा खोल्नै पर्छ´ जस्ता नाराहरु लेखिएका थिए ।

     

    उनिहरुले एमसिसी लाई राष्ट्रघाती भएको भन्दै `हामीलाई एमसीसी चाहिदैन लागु गर्न पाहिदैन, राष्ट्रघाती सम्झौता गर्न पाहिदैन ´ लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

     

    स्मरण रहोस् एमसीसी सम्झौता राष्ट्रको हितमा छैन भन्दै सत्तारूढ दलकै केही नेताले बिरोध गरिरहेका छन् भने संसदमा पनि एमसीसीको पक्ष र विपक्षमा मत बिभाजन छ ।

     

    प्रतिकृया दिनुहोस