सुनसरी । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका सुनसरी जिल्ला इन्चार्ज रोशन राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानले ‘मेड इन युएसए अटोमेटिक पेस्तोल’ सहित राईलाई पक्राउ गरेको हो ।
धनकुटा शहिदभूमि गाउँपािलका–६ का २७ वर्षीय राईलाई धरान उपनपा–१५ स्थित लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
पक्राउ परेका राईलाई सोधपुछ गर्ने क्रममा पार्किङ गरिराखेको मोटरसाइकलको सिटभित्र लुकाएर राखेको अवस्थामा पेस्तोल र गोली बरामद गरिएको डीएसपी बस्नेतले बताए ।
उनले भने, ‘पेस्तोलसहित म्याग्जिन एक थान, सो म्याग्जिनमा लोड भएको अवस्थामा गोली राउण्ड ३ थान, मोबाइल २ थान र ६ वटा सिम समेत बरामद भएको छ ।’
पक्राउ परेका राईविरुद्ध जिल्ला अदालत सुनसरीबाट हातहतियार खरखजना मुद्दामा अनुसन्धानको लागि म्याथ थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस