सोमबारको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई थप एक साता थप्ने निर्णय गरेको छ । दुई हप्तादेखि जारी लकडाउनलाई सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गर्नका लागि सरकारले चैत ११ देखि एक साता देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । फेरि चैत १७ गते सरकारले लडकडाउनलाई लम्ब्याएर चैत २५ गते सम्म पुर्याउने निर्णय गरेको थियो । चैत १७ गते गरेको लकडाउन लम्ब्याउने निर्णयको अवधी मंगलबार मध्यरातमा सकिँदै छ ।
त्यसको अघिल्लो दिन बसेको मन्त्रिपरिषद बैठकले लकडाउनलाई एकसाता थप्ने निर्णय गरेको हो । नेपालमा पनि एक स्थानीय महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि लडकडाउनलाई थप कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा प्रवेशमा रोक लगाउने निर्णय आइतबारको मन्त्रिपरिषद्को बैठकले गरेको थियो ।
प्रतिकृया दिनुहोस