• सम–सामयिक

    झापामा राहत संकलन तिब्र, मानवीय सहयोगमा तुलसी सहकारी

      ओमकार टाइम्स


    झापा जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने कमल गाउँपालिकामा राहत वितरणमा अनियमितता भएको खबर बाहिरिए संगै निजि क्षेत्र बाट राहत संकलन भने तिब्र हुँदै गएको छ । वास्तविक मजदुर र असहाय वर्गले प्राप्त गर्नुपर्ने राहत पार्टीका कार्यकर्तालाई समेत बाढ्न थालिए पछि यस गाउँपालिकामा पनि राहत सम्बन्धि बिबाद चुलिएता पनि निजि क्षेत्रले भने सहयोग जारी राखेको छ ।

    राहत वितरणमा व्यापक अनियमितता भएको भन्दै आरोप खेपी रहेकोे उक्त गाउँपालिकालाई निजि क्षेत्र बाट पर्याप्त मात्रामा राहत संकलन भइरहेको पाइएको छ । यसै बिच हिजो सोमबार तुलसी सहकारी संस्था लिमिटेडले १ हजार किलो चामल, ४० लिटर तेल र ४० के जी. मुसुरो दाल सहयोग स्वरुप प्रदान गरेको छ । उक्त राहत कमल गाउँ पालिका वार्ड नं. ७ का वडा अध्यक्ष पृथ्वी पति राइलाइ हस्तान्तरण गरिएको बताइएको छ । तुलसी सहकारी संस्था लिमिटेड बिराटनगरले गौरादह वार्ड नं. १ मा अत्याधुनिक प्राविधि सहितको धान मिल सञ्चालनमा ल्याएको छ । लक डाउनको अवस्थामा दैनिक ज्यालादारी गरेर पेट पाल्न बाध्य स्थानीय नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नै कम्पनीको उत्पादन रहेको उपकार ब्राण्डको दाल, तेल तथा तुलसी ब्राण्डको चामल राहत स्वरुप प्रदान गरिएको उक्त संस्थाका पुर्वान्चल बजार व्यवस्थापक लेखनाथ सापकोटाले ओमकार टाइम्सलाई बताए । संस्थाले आफ्नै हातले राहत वितरण गर्ने योजना रहेको भएता पनि गाउँ पालिकाको एक द्वार प्रणालीका कारण वडा कार्यालयलाई बुझाइएको सापकोटाले बताएका छन् । उक्त संस्थाले आकस्मिक परिस्थितिहरु आउदा विभिन्न समयमा सामाजिक दायित्व निर्वाह गर्दै आएको बताइएको छ।

    ‘बिराटनगर मुख्य कार्यालय भएता पनि दमकमा सेवा केन्द्र सञ्चालनमा आएको छ, यहि सेवाकेन्द्र मार्फत गत महिना आगलागी भएर घरबार बिहिन भएको परिवारलाई चामल, दाल लगायतको खाद्यान्न सामाग्री सहयोग गरिएको थियो’, सापकोटाले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस