सान नेपाल/ पंकजा भण्डारी
कोरोना भाइरस बाट बच्ने सरल तरिकाहरु यहाँ प्रस्तुत गरिएको छ ।
१. विहान ४ बजे उठ्ने ।
२. दुई गिलास मनतातो पानी पिउने ।
३. ३० मिनेट व्यायाम गर्ने, सम्भव भएमा र यदि तपाई बिज्ञ हुनुहुन्छ भनें योगा गर्ने । (अर्ध ज्ञान मात्र छ भने जबर्जस्ती गरिएको योगा बाट अर्को समस्या निस्किन सक्छ भन्ने मनन गर्ने । )
४. आँखा चिम्म गरेर आफ्नो इस्टदेवतालाई स्मरण गर्दै १५ मिनेट बस्ने । यदि तपाईले ध्यान योगको कक्षा लिनु भएको छ भनें बाहिरी आँखा बन्द गरेर तेस्रो नेत्र खोल्नको लागि गहिरो अभ्यास गर्न सक्नुहुन्छ । यसो गरेमा शरीर फ़ुर्तिलो हुन्छ र सकारात्मक सोचको तिब्र विकास हुन्छ । दायाँ तर्फको ब्रेनको भाग सक्रिय हुन्छ, जसले मानिसले आफ्नो जीवन सफल भएको पुर्ण महसुस गर्न पाउछ ।
५. अब तपाईंको समय भएको छ । तातो तातो चिया पिउने । चियाका अनेकौं प्रकार छन्: मानव समाजमा चियाका अनेकौं प्रकार छन् । सवै भन्दा उत्तम चिया ग्रीन टी हो यद्यपि थोरै मात्रामा पिउदा जुनसुकै चिया पिए पनि फरक पर्दैन ।
६. चियाको सट्टामा बहुगुणी बनस्पति ‘गुर्जो’ को रस बनाएर पिउनु अत्यन्तै राम्रो हुन्छ जसले शरिरमा भएको विकारलाइ फ्याँक्न मद्दत गर्दछ । गुर्जो बहुगुणी बनस्पती हो जसलाई मात्रा मिलाएर प्रयोग गरेमा मधुमेह, कोल्स्ट्रोल, उच्च रक्तचाप भएका व्यक्तिहरुलाइ धेरै ठुलो मद्दत पुर्याउछ ।
७. अब तपाईंको समय भएको छ ब्रेक फास्टको । ब्रेक फास्ट आआफ्नो स्वादका परिकार लिन सकिन्छ । तर याद रहोस् ब्रेकफास्ट हल्का भोजन हो । शरीरलाई असर पुर्याउने गरि धेरै मात्रामा ब्रेकफास्ट लिनु हुदैन । तपाईं जुन देशमा हुनुहुन्छ त्यै देशमा प्रचलित ब्रेकफास्टका परिकारहरु हुन्छन् । अधिकांश मानिसहरू ब्रेकफास्टको रूपमा ब्रेड मन पराउने गर्दछ्न् । ध्यान पुर्याउनु पर्ने कुरा के भनें ब्रेड ताजा छ कि छैन, कुन गुणस्तरको छ, आफुले कस्तो ठाउँमा स्टोरेज गरिएको छ तथा जाम, बटर आदि कुन गुणस्तरका छन् उत्पादन मिति कहिलेको हो राम्रो संग हेर्नुहोस् ।
८. हाम्रो देशमा बिहानको खाना १० बजे सम्ममा खाइ सक्ने चलन छ भने विदेश तिर दिउसो १ बजे मात्र खाना खाने चलन हुन्छ । स्थान विषेशका आधारमा आफुले समय निर्धारण गर्ने हो । कोरोना त्रासको कारण होम क्वारेन्टाइनमा रहेको बेला धेरै भोक लागेको अनुभव भइरहेकोे हुन्छ । समय विचार नगरी जतिसुकै बेला पेट भारी गरेर खाना खानु स्वास्थ्यको लागि धेरै नै हानिकारक हुन्छ ।
९. यदि तपाईं १० बजे खाना खानुहुन्छ भनें १ घण्टा अगाडि १ गिलास मनतातो पानी पिउनुहोस् । खाना खाएको समयमा अलिअली मात्र पानी पिउने । खाना खाएको १ घण्टा पछी २ गिलास मनतातो पानी पिउनुपर्छ । पानी पिउने यो सुत्र मानव स्वास्थ्यको लागि अति नै महत्त्वपूर्ण छ । यो सुत्रले पाचनकृयामा अकल्पनीय सुधार ल्याउनुको साथै पेट सम्बन्धि सवै प्रकारका रोगहरु बाट छुट्कारा पाउन सकिन्छ । पेट सफा भएमा शरीरमा कुनै प्रकारको घातक रोग लाग्न पाउदैन । शरीर शुद्ध हुन्छ । फ़ुर्तिलो महसुस हुन्छ । थकान दुर हुन्छ । हाड जोर्नी दुख्ने समस्या बाट मुक्ति मिल्छ ।
खानाको साथमा काक्रो, गाजर, बन्दा, मुला आदि सलादको रुपमा अनिवार्य लिनुपर्छ । यसले हाम्रो पाचन कृयामा ठुलो मद्दत गर्दछ । नियमित सलाद सेवन बाट पेट सफा हुन्छ, कब्जियत हटेर जान्छ सलाद बनाउदा सागसब्जी विषादीयुक्त हुन सक्छ । सागसब्जीमा भएको विषाक्त पन हटाउनको लागि यसलाई अघिल्लै दिन राम्रोसँग धोएर कागती पानीमा भिजाएर राख्ने । बिहान तातोपानीले सफा गरेर काट्ने गर्नुपर्छ । सलादमा हल्का बिरे नुनको प्रयोग अत्यन्तै लाभदायक हुन्छ । तर ध्यान दिनुपर्ने कुरा के भने बिरे नुन भनेर हिजो आज बजारमा साधारण नुन मिसाइएको प्याकेजिङ गरिएको नुन पाइन्छ । त्यसको सट्टामा ठूलो ठूलो ढिका भएको बिरे नुन ल्याएर घरमै धुलो हुनेगरी पिसेर राख्ने र आवस्यकता अनुसार प्रयोग गर्ने ।
१०. कोरोनाको भयावह अवस्थामा जनावरको मासु खानु त्यति राम्रो मानिदैन । यद्यपि खानै परे राम्रोसँग पकाएर मात्र खानुहोस् ।
११. बिहान बेलुकीको समय मिलाएर भान्सा कोठामा पनि सहयोग गर्नुहोस् । जसले परिवारका सदस्यलाई आत्मिय सम्बन्धको बिकासमा मद्दत पुर्याउछ । तपाईंले गर्नु भएको सानो सहयोगले भोजन थप स्वादिष्ट हुनसक्छ ।
१२. मोबाइल ईन्टरनेटको उचित तरिकाले प्रयोग गर्नुहोस् । तपाईंको इलेक्ट्रोनिक सामानको अनुशासित प्रयोगले बालबालिकामा पनि अमुल्य छाप पर्न जान्छ । दुनियाँको खबर थाहा पाउने सामाजिक संजालको उचित प्रयोगले तपाईं र विश्वको सम्बन्ध प्रगाढ हुन पुग्छ । कोरोना त्रासमा आफन्त नातागोता गुमाएका विश्वभरका मानिस संग तपाईंको भावनात्मक सम्बन्ध महसुस हुन्छ ।
१३. घरमा पालिएका पशु प्राणीहरु लाई माया गरौं । उनीहरुको जीवन रक्षा गर्नु हाम्रो परम कर्तव्य हो ।
१४. आकाशमा माथि माथी सम्म उड्ने चराचुरुङ्गी पनि हाम्रै सहारामा वाचेका हुन्छन् । अग्लो घर हुनेले घरको छतमा पानी राखिदिने गरौं । सम्भव छ भने उनीहरुलाई आहारा पनि दिन सक्नु हुनेछ ।यसले तपाईंको आत्म सन्तुष्टि बढाउनुको साथै मानवीयताको सन्देश पनि छरिएको हुन्छ ।
प्राय जसो बेलुकीको खाना धेरै मात्रामा खाने चलन छ । हाम्रो शरीरलाई निरोगी र तन्दुरुस्त राख्नको लागि धेरै खाना खानुपर्छ भन्ने छैन । ठिक्क मात्रामा खाना खाने । ब्यालेन्स मिलाइएको परिकारहरु सेवन गर्ने । सकभर बेलुका गहुँको पिठो बाट तैयार पारिएको रोटी लिने । बेलुकीको समयमा दाल, गेडागुडीको रसयुक्त भोजन लिनु लाभदायक हुन्छ ।
१५. अधिकांश मानिसहरू खाना खाने बित्तिकै बेडमा जाने चलन छ । यो हानिकारक हो । खाना खाइसकेपछी २ घण्टा सम्म बाहिर घुम्नुहोस् । कोरोना त्रासमा बाहिर निस्किनै नमिल्ने भन्ने होइन । मास्क लगाएर घर आगन आदिमा घुमेर ताजा हावा लिदा सकारात्मक सोचको विकास हुन्छ । आकाशमा देखिने अनगिन्ती ताराहरुको चमकलाइ हेरेर प्रकृतिको सुन्दरता संग आत्मसात गर्ने मौका मिल्दछ । जसले सुन्दर मानव जीवनको मुल्यलाइ बुझ्ने साहस पैदा गर्दछ ।
१६. सुत्नु भन्दा अगाडि रेडियो, टेलिभिजन हेर्ने र सुन्ने गर्नुहोस् । रातीको समयमा भयावह खालका भिडियो, मुभीहरु हेर्दै नहेर्नुहोस् । अधिंकाश मानिसहरू रातीको समयमा यस्ता डरलाग्दो भिडियोहरु साथीको म्यासेन्जरमा पठाइदिने गर्नु हुन्छ । जुन अत्यन्तै गलत कार्य हो । रातको समय प्राइभेट समय हुन्छ । भजन, सत्संग जस्ता आनन्द दिने कुरा हेरेर सुनेर सुत्ने गर्नाले मीठो निन्द्रा लाग्ने हुन्छ जसले तपाईंलाई दिर्घायु प्रदान गर्दछ ।
उल्लेखित तथ्यहरु लेखकका केवल निजि विचार हुन् लेख कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला । हुनसक्छ मानव स्वास्थ्यको विषयमा तपाईं धेरै नै विज्ञ हुनुहुन्छ । यदि तपाईंले कुनै लेख रचना तैयार गर्नु भएको छ भने कृपया हामीलाई पठाउनु होला ।
सरकारले दिएका सवै निर्देशनको पालना गर्दै घरमै बसौं । पर्याप्त मनोरञ्जन गरौ र कोरोनाको विश्वव्यापी प्रभाव कम गर्न आआफ्नो स्थान बाट ठोस सहयोग पुर्याऔं, आफू बचौं र अरुलाइ पनि बचाऔं – सम्पादक
प्रतिकृया दिनुहोस