• विदेश

    अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार भन्दा बढी , संक्रमित २ लाख भन्दा बढी

      ओमकार टाइम्स


    एजेन्सी । अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख बढी पुगेको छ ।

     

    वर्ल्डोमिटरको ताजा आँकडा अनुसार यहाँ २ लाख १५ हजार ३ जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ जबकी ५ हजार १ सय २ जनाको मृत्यु भइसकेको छ ।

     

    कूल संक्रमितमध्ये आधा बढी न्यूयोर्कका छन् । प्रदेशका गभर्नर एन्ड्रू कुओमोले अन्य प्रदेशमा पनि स्थिती भयावह हुनसक्छ ।

     

    यसअघि मंगलबार उप–राष्ट्रपतिले अमेरिकामा महामारीको स्वरुप इटलीजस्तै भयावह हुने चेतावनी दिएका थिए ।

     

    कोरोनाभाइरसका कारण सबैभन्दा धेरै इटालीमा मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस