परिक्षा नियन्त्रण कार्यालय एसइइ परिक्षाको मिति तोकिएको छैन, हल्ला चलाउनेलाई कार्वाही गरिन्छ- परिक्षा नियन्त्रण कार्यालय
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नयाँ मिति नतोकिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
सामाजिक सञ्जालमा १०, ११ र १२ कक्षाको परीक्षाको मिति तोकिएको भन्दै फेक विज्ञप्ति भाइरल भएपछि कार्यालयले परीक्षाको मिति नतोकिएको जनाएको हो ।
‘परीक्षाको मिति तोकिएको छैन,’ परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, ‘परीक्षाको भ्रामक विज्ञप्ति निकाल्नेलाई कारबाही हुन्छ ।’
गत चैत ६ गतेकबाट सुरु हुने भनिएको एसईई परीक्षा कोरोना भाइरका कारण स्थगित गरिएको हो । शिलापत्र
प्रतिकृया दिनुहोस