• सम–सामयिक

    झापाको एउटा सहकारीले गर्यो यस्तो घोषणा, लक डाउन भरी शेयर सदस्यलाई एम्बुलेन्स सेवा निशुल्क

     


    सुमित भण्डारी
    झापाको गौरादहमा रहेकोे शुभलक्ष्मी सहकारी संस्थाका शेयर सदस्यहरुले निशुल्क रूपमा एम्बुलेन्स सुबिधा प्राप्त गर्ने भएका छ्न् । लक डाउन अवधी भर आफ्ना शेयर सदस्यहरूले प्रदेश नं. १ का विभिन्न अस्पतालमा यात्रा गर्नको लागि संस्थाको एम्बुलेन्स निशुल्क रूपमा प्रयोग गर्न पाउने भएका हुन् । गौरादहको सबै भन्दा पुरानो सहकारीको रूपमा स्थापित यस सहकारीले स्वास्थ्य क्षेत्रमा प्रदान गरेको यो नै सवै भन्दा ठुलो सुबिधा भएको पाइएको छ । करिब ३ हजारको हाराहारीमा शेयरधनी रहेको शुभलक्ष्मी सहकारी संस्थाले विभिन्न समयमा सामाजिक सेवाका कार्यहरु गर्दै आएको पाइन्छ ।

    ‘मुलुक अहिले विषम परिस्थितिमा गुज्रिदै गएको बेला स्थानीय संघ संस्थाहरु जिम्मेवार ढंगले अगाडि बढ्नुपर्ने हुन्छ। दमक, विर्तामोड, धरान, बिराटनगरमा रहेका विभिन्न अस्पतालमा जान आउनको लागि सहज होस् र अप्ठ्यारो परिस्थितिमा सामाजिक योगदान रहोस् भन्ने उद्देश्यले हामीले निशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेका हौं’, संस्थाका अध्यक्ष प्रकाश कार्कीले ओमकार टाइम्स संग भने । कोरोना भाइरसको आशंकामा रहेका वा अन्य रोगको कारण अस्पताल जानु परे पनि शेयर सदस्यहरुले उक्त सुविधा प्राप्त गर्ने अध्यक्ष कार्कीले बताए ।

    प्रतिकृया दिनुहोस