सान नेपाल
कोरोनाको संक्रमणको त्रास झेलेको चिनले अचानक रहस्यमय तरिकाबाट कोरोना बाट मुक्ति पाएको छ । चिनको बुहान सहरमा फैलिएको कोरोना महामारी रातारात गायव भएकोमा विश्व नै आश्चर्यचकित बनेको बेला चीनियाहरुले कुन रामबाण औषधि प्रयोग गरेर कोरोनालाइ जित्ने मौका पाए भन्ने रहस्य वुहान बाट प्राप्त भएको गोप्य सन्देशहरु बाट केही जानकारी प्राप्त भएको छ ।
हुनत चिनियाहरुमा अहिले पनि कोरोना उत्तिकै प्रकोपको रूपमा नै देखिएको छ यद्यपि उनीहरु होम क्वारेन्टाइन मै मसेर ४/५ दिन मै निको हुने गरेको समेत पाइएको छ।
यस्तो छ उनीहरुको प्राकृतिक उपचारको तरिका
#दिनको ४/५ पटक तातोपानीको बाफ लिने
# दिनको ४/५ पटक प्रसस्तै मात्रामा तातोपानी पिउने ।
#दुध गरम गरेर पिउने ।
#घरमै आराम गर्ने ।
#प्रशस्त मात्रामा झोलिलो पदार्थ धेरै सेवन गर्ने ।
#सम्भव भए सम्म वातानुकुलित कोठामा सयन गर्ने ।
#मन तातोपानी द्वारा शरीर सफा राख्ने । हात पटक पटक धुने ।
यसरी ४/५ दिन सम्म निरन्त अभ्यास गरेमा कोरोनाको भयानक महामारी बाट बच्न सकिने देखिएको छ । पाचौं दिनमा स्वास्थ्य परिक्षण गर्दा कोरोना भाइरस नेगेटिभ देखिने प्रयोगकर्ताहरुको विश्वास छ ।
वुहानमा बसेर व्यापार व्यवसाय गर्ने केही नेपाली र भारतिय नागरिकहरुको भनाइमा इटाली लगायत युरोपियन देशहरुमा अत्याधिक मात्रामा चिसो पेय पदार्थ सेवन गरिन्छ। मनतातो पानीको वारेमा उनीहरु खासै विस्वास गर्दैनन् । जसको परिणाम स्वरुप शरीर भित्र प्रवेश गरे संगै कोरोनाका भाइरसहरुले रोग प्रतिरोधात्मक क्षमता संग विजय प्राप्त गर्छन् र अन्ततः फोक्सोमा गम्भीर समस्या आइ बिरामीको अवस्था जटिल बन्दै जान्छ । अहिलेसम्म कोरोनाको भ्याक्सिन तथा औषधिहरु अनुसन्धान कै क्रममा रहेकोेले पनि प्राकृतिक सिद्धान्त अवलम्बन गर्दा उपयुक्त हुने आम जनविश्वास रहेकोे पाइन्छ ।
आम चिकित्सकहरुको मतलाई अध्ययन गर्दा प्रशस्त पानी पिउने गर्नाले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन जान्छ । मात्रा मिलाएर गरिएको दुधको सेवनबाट समेत ठूलो राहत मिल्दछ ।
चिनियाहरुले यहि सेक्रेट कुरा पत्ता लगाएर कोरोना भाइरस नियन्त्रणमा लिएका छन् भन्ने आम मान्यताले अब विश्व भर यसको सकारात्मक सन्देश प्रवाह हुने गरेको देखिन्छ। पानी पिउनुले शरीरमा अन्य कुनै हानी गर्दैन । कोरोना संक्रमण नभएकै अवस्थामा समेत यो विधि अवलम्बन गरेर घर भित्रै सुरक्षीत तवरले बस्ने हो भनें अवस्यै रोग प्रतिरोधात्मक क्षमता बढेर जाने र कोरोना भाइरस संग लड्न सक्ने अवस्था रहेकोे जानकारहरुको अभिमत पाइन्छ ।
विश्व भर महामारीको रूपमा फैलिएको कोभिड १९ को असर भारत, श्रीलंका लगायतका गर्मी राष्ट्रहरुमा खासै महामारीको रूपमा फैलिएको पाइदैन । अत्याधिक गर्मी भएका मुलुकमा यो भाइरस टिक्न नसक्ने समेत चिकित्सकको राय छ । चिनियाहरुले रामवाणको रूपमा प्रयोग गरेको उल्लेखित बिधि किन चर्चामा आएन भन्ने सवाल भने आम चासोको विषय बन्न थालेको छ । निशुल्क रूपमा उपचार सम्भव हुने भएकोले र उक्त विधि नितान्त प्राकृतिक वाटर थेरापी संग सम्बन्धित भएकोले चिकित्सा शास्त्रले यसलाई गम्भीर प्रकृतिको रोगको निधानको रूपमा लिन नसक्ने कारणबाट नै विश्वव्यापी मान्यता पाउन समय लाग्ने उनीहरुको अभिमत पाइन्छ ।
उल्लेखित तथ्यहरु घरेलु औषधीको रूपमा प्रयोग गरिने प्राकृतिक उपचारको सिद्धान्तमा आधारित मात्र हो । यसको अनुकरण गर्दै सरकारले दिएको निर्देशन पालना गरेर घरमै बसौं र महामारीको रूपमा फैलिएको कोरोना भाइरस बाट बचौं – ओमकार टाइम्स
प्रतिकृया दिनुहोस