• मुख्य

    लकडाउनमा गौमातालाई उचित आहारको प्रबन्ध गर्न सरकारसंग माग

      ओमकार टाइम्स


    काठमाडाैं : विश्व हिन्दू महासङ्घ नेपाल केन्द्रीय समितिले लकडाउनका बेला पनि राष्ट्रिय जनावर गाईको आहारको उचित प्रबन्ध गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

     

    महासङ्घले शनिबार प्रेस विज्ञप्ति प्रकाशित गरी मुलुकभर विशेषगरी उपत्यकाभित्र रहेका गाई फार्ममा भुसा, दानालगायत खाद्य पदार्थको अभाव रहेको उल्लेख गर्दै तिनको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो ।

     

    छिट्टै आहारको व्यवस्था नगरे सांस्कृतिकरूपमा गौमाताका रुपमा पूजिने गाई बचाउन मुस्किल हुने भएकाले सरकारको गम्भीर ध्यानाकर्षण गराइएको महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

     

    “गौमाताको जीवनरक्षामा सरकार असंवेदशील भई गाई फार्महरुमा दाना तथा खाद्यपदार्थ पु¥याउन अवरोध गरेको विषय कदापि सह्य हुँदैन, कुखुरा फार्ममा दाना पुर्‍याउन व्यवस्था गरिदिने तर गाई फार्ममा दाना पु¥याउन बाधा दिने सरकारको रवैया तत्काल सच्चिनुपर्दछ”, उनले भने।

     

    गाई फार्मका सञ्चालकसँग समन्वय गरी तत्काल आहार जुटाउने प्रबन्ध गरी गाईको प्राण रक्षा गर्न महासङ्घले जोडदार माग गरेको छ । रासस

    प्रतिकृया दिनुहोस