• पत्र-पत्रिका

    गोली लागेर एक प्रहरीको मृत्यु

      ओमकार टाइम्स


    स्याङ्जा : कोरोनाभाइरसबाट बच्न सरकारले गरेको लकडाउनमा खटिने प्रहरीको गोली लागेर मृत्यु भएको छ ।

     

    हरिनास गाउँपालिकास्थित मग्याम चिसापानी इलाका प्रहरी कार्यालयमा कार्यरत ३६ वर्षीय रविन्द्र पौडेल हतियार व्यवस्थापनकाक्रममा गोली लागेर घाइते भएका थिए ।

     

    मणिपाल अस्पतालमा उपचारका क्रममा पौडेलको निधन भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिए ।

     

    शुक्रबार दिउँसो करिब १ बजेतिर इलाका प्रहरी चौकीको हतियार व्यवस्थापन शाखामा कार्यरत उनको अचानक गोली पड्केर लागेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस