सान नेपाल
झापा । प्रधानमन्त्री के. पी. ओली निर्वाचित क्षेत्र भित्र रहेको ग्रामीण नगरपालिका भनेर चिनिने झापाको गौरादहमा लक डाउनको तेश्रो दिन नै स्थानीयहरु नियन्त्रण भन्दा बाहिर देखिएका छन् । प्रहरी प्रशासन र स्थानीय तहको कमी कमजोरीको फाइदा उठाउदै उनीहरु यत्रतत्र देखिन थालेका हुन् ।
तेश्रो मुलुक र विषेशगरी भारतिय भुमी बाट मानिसहरु निर्वाध प्रवेश गर्न सक्ने भएकोले स्थानीय बाटै निषेध अवज्ञा हुँदा परिस्थिति भयावह हुन सक्ने आकलन गरिएको छ । गौरादह क्षेत्रमा रहेका स्थानीय बजारहरु सबै बन्द गराउदै हिड्ने स्थानीय सरकारले मुख्य बजारलाई बन्द गराउन समेत नसकेको प्रती सरोकारवालाहरु चिन्तित देखिएका छन् । विश्वभर परिस्थिति भयावह छ, भोलि हामीलाई आपत आउदैन भन्न सकिँदैन, मानिसहरू बुझेर पनि वास्ता गर्दैनन्, रेनकोट लगाएर उभिएका एक स्वास्थ्यकर्मीले चिन्तित हुँदै बताए । गर्मीमा किन रेनकोट भन्ने प्रश्नमा उनलेे भने, ‘यो पनि तानातान भएको छ’ ।
उनको भनाइ बाट नगर स्वास्थ्य संयन्त्र कति संवेदनाहिन भएको छ भन्ने प्रष्ट हुन्छ ।
भयावह अवस्था एकैपटक आएमा त्यसको सबै भन्दा ठूलो असर स्वास्थ्यकर्मीलाई नै पर्ने निश्चित भएको उनको बुझाइ छ। स्वास्थ्यकर्मी नै बिरामी भएमा कसले कसको उपचार गर्ने? प्रश्न गम्भीर देखिएको छ ।पसलहरु सधैं झैँ खुलिरहेका हुन्छन् , र ग्राहकहरुको भिडभाड पनि उस्तै ।
किन नियन्त्रण गर्न सकिएन भन्ने ओमकार टाइम्सको जिज्ञासामा नगर प्रमुख रोहित कुमार साह स्थानीयले विभिन्न बहाना बाजि गर्दै बाहिर निस्किने र भिडभाड गर्ने गरेको स्वीकार्छन् ।
‘पहिलो दिन बजार तथा सडक चोक आसपासका क्षेत्रमा सुनसान देखिएको भएता पनि दोश्रो र तेश्रो दिन बाटै मानिसहरू अटेर गरि चिया पसल हाटबजार लगायतका क्षेत्रमा उल्लेख्य रूपमा भिडभाड गर्न थालेको आफू स्वयंले देखेको मेयर साह बताउँछन् ।
`हामीले बारम्बार पब्लिकलाई सम्झाउने प्रयास गरिरहेका छौँ, हरेक स्थानमा स्वास्थ्यकर्मी परिचालन गरेका छौ´उनले सुनाए । मेयर साहले तत्कालीन परिस्थितिको सामना गर्न स्वास्थ्यकर्मीलाइ रेनकोट उपलब्ध गराएको समेत बताए । इमर्जेन्सीको लागि रेनकोट बाढिएको भएता पनि मापदण्ड अनुसारका स्वास्थ्यकर्मीका पोशाकहरु व्यवस्थापन गर्ने तैयारी रहेको समेत उनलेे बताएका छन् । सेल्फ क्वारेन्टाइनमा रहन स्थानीयलाई सचेत गरिएको बताए । हामी इमर्जेन्सी बैठकमै छौँ, परिस्थितिको सामना गर्न सिंगो नगर संयन्त्र लागि परेको उनले जानकारी गराए ।
चिया पसलमा मानिसको भिडभाड हुन्छ । उनीहरु स्वयं भनिरहेका हुन्छन्, ‘नगरपालिकाले लक डाउन गराउनै सकेन’ । सरकारले एक साता भरी लक डाउन गर्ने सूचना जारी गरेता पनि गौरादहमा लक डाउन सफल नहुदा सरोकारवालाहरु चिन्तित देखिएका छन् । सामान्य अवस्थामा बेवास्ता हुने गौरादहमा आपतकालीन अवस्था आएको खण्डमा के होला भन्ने दुबिधा देखिएको चर्चा छ ।
प्रतिकृया दिनुहोस