सान नेपाल
इटहरी / इटहरी उपमहानगरपालिकाका मेयर द्वारिका चौधरीले एक पटक फेरि पत्रकार माथी छाडा गाली गरेका छन् । एरिना टेलिभिजनले कोरोना भाइरस बारे स्थानीय तहको रिपोर्टिङ गर्ने सिलसिलामा मेयर चौधरीलाई टेलिफोन सम्पर्क गर्दा अकस्मात मा….मु….जस्ता अश्लील शव्द प्रयोग गरेर गाली गर्दै हप्काएका थिए ।
सूचना संकलन गर्न टेलिफोन गर्दा जथाभावी गाली गर्ने मेयरको हर्कतले सिमा नाग्दै गएको देखिएको छ ।उनले हप्काएको विषय सामाजिक संजालमा भाइरल भएको छ भने कोरोना संक्रमणको देशव्यापी चिन्ता भइरहेको बेला इटहरी उपमहानगरपालिकाले भने कुनै ठोस खालको कार्यक्रम दिन सकेको देखिदैन ।
मुलुक पुर्ण रूपमा लकडाउन भएको समयमा संघीय र प्रदेश सरकार जिम्मेवार देखिएका छन् । त्यसो त स्थानीय तहमा समेत धमाधम क्वारेन्टाइन, हेल्थ डेस्क लगायतका अत्यावश्यक निर्माणहरू धमाधम भइरहेका छन् । यस्तो जटिल परिस्थितिमा समेत मेयर चौधरीलाई कुनै चिन्ता नहुनु लाई नगरबासीले निकै गम्भीरता पुर्वक लिएका छन् ।
उनी आफ्नै तालमा हराएको बुझेका पत्रकारले कोरोना रोकथाम सम्बन्धि गतिविधि बारेमा जानकारी राख्नु सामान्य भएता पनि उनको अश्लील र छाडा गाली निन्दनीय मात्र होइन क्षमा योग्य समेत नरहेको आम पत्रकारहरुको निस्कर्ष छ । एकथरी पत्रकारहरु मेयर चौधरीको दिमागी उपचार राम्रो डाक्टरबाट गराउनुपर्ने बताउछन् भने कतिपय पत्रकारहरु मेयर चौधरीलाई मेयर पद बाट च्युत गरेर घर पठाउनुपर्ने बताउछन् ।
बिश्व भरी महामारीको रूपमा कोरोना भाइरस फैलिएको छ । मुलुक लकडाउन छ । स्थानीय सरकारहरु आ-आफ्नो क्षेत्रमा रहेर महामारीको विरुद्ध खटिरहेका छन् । मुलुकमा विषम संकट निम्तिएको बेला सञ्चारकर्मीले चौथो अंग भएर काम गर्न पाउनु लोकतन्त्रको सर्वमान्य सिद्धान्त नै हो । तर यसको विपरित मेयर चौधरीले सञ्चारकर्मी संग अप्रिय तरिकाले प्रस्तुत भएका छन् । उनको बारम्बारको यस्तो हर्कतले सिंगो सञ्चार जगत स्तब्ध भएको छ । गत वर्ष मेयर चौधरीले आफ्नै कार्यकक्षमा पत्रकारलाई जथाभावी छाडा खालका शब्द प्रयोग गर्दै गालिगलौज गरेका थिए। आफुलाइ प्रधानमन्त्री के. पी. ओलीको प्रिय पात्र ठान्ने मेयर चौधरी बारम्बार विवादित हुँदा सम्म कुनै कार्वाही हुन सकेको छैन। उनी निकट राजनीतिक दल नेकपालाई उनको हर्कत राम्रै थाहा छ यद्यपि उनलाई कुनै कार्वाही हुने संकेत देखिदैन ।
पत्रकार माथि मात्र होइन मेयर चौधरीले एक सार्वजनिक कार्यक्रममा महिलाहरुलाई समेत छाडा गाली गरेका थिए । दिमागी हालत ठिक नभएको भन्दै उनलाई मेयर पद बाटै हटाउनु पर्ने माग समेत बढेको थियो । स्वतन्त्र पत्रकारिता गर्न पाउनुपर्ने संवैधानिक हक विपरीत अश्लील गाली गलौज गर्ने मेयर चौधरी जस्ता कुन्ठित मनस्थिति भएका जनप्रतिनिधिलाई हदैसम्मको कार्वाही गरिनु पर्ने सिंगो पत्रकारिता क्षेत्रले माग गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस