• सम–सामयिक

    दाहाल प्रतिस्ठान दमकमा २४ सैयाको क्वारेन्टाइन निर्माण

      निसा दाहाल


    कोरोनाको सङ्क्रमण विश्वव्यापी रुपमा फैलिइरहेको हुनाले नेपालमा पनि सङ्क्रमण फैलिए उपचारमा सहज होस् भनी झापाको दमक नगरपालिका ४ स्थित कृष्णमन्दिरमा क्वारेन्टाइन वार्ड तयार गरिएको छ ।दमक नगरपालिका कृष्णमन्दिरमा रहेको दाहाल प्रतिष्ठानको भवनमा तत्काल २४ सैया को क्वारेन्टाइन तयार भएको छ।सो भवनमा एक जना बिरामीका लागि एउटा मात्रै बेड प्रयोग हुने गरि क्वारेन्टाइन वाड बनाइएको हो।दमक नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाका अनुसार क्वारेन्टाइनमा आउने बिरामीको मात्राको अवस्थाको बारेमा जानकारी लिएर क्वारेन्टाइनमा राखिने बाताउनु भयो।उहाको भनाइ अनुसार रोमनाथ ओलीको संयोजकत्वमा नगर स्तरीय समन्वय समिति पनि बनेको छ ।

    ३० लाख रुपियाको कोरोना भाइरस संक्रमण हुन नदिन उपयोग गर्ने उदेश्य कोष समेत निर्माण भएको छ । कोषमा जनप्रतिनिधिको एक महिनाको सुबिधाको रकम र कर्मचारीको एक महिना को १० प्रतिशत तलव पनि उपलब्ध हुनेछ ।र क्वारेन्टाइन निर्माणका लागि रेडक्रसले समेत सहयोग गरेको पाइएको छ।

    प्रतिकृया दिनुहोस