काठमाडौं : सरकारले आज (मंगलबार)बाट आगामी साता चैत १८ गतेसम्म देशैभर ‘लकडाउन’ गरेको छ । हिजो(सोमबार) फ्रान्सबाट कतारको दोहो हुँदै गत चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोनाभाइर (कोभिड–१९)को संक्रमण देखिएपछि सरकारले आजदेखि देशैभर ‘लकडाउन’ गर्ने निर्णय हो ।
यसैलाई मध्यजनर गर्दै सरकारले देशै लकडाउन गरेको छ । आज बिहान ६ बजेदेखि लागू हुने गरी चैत १८ गते बिहान ६ बजेम्मि लकडाउन गर्ने निर्णय गरेसँगै अब एक साता सर्वसाधारण घर बाहिर निस्किन पाउनेछैनन् ।
त्यसोत यो निर्णय सरकारले आइतबारको मन्त्रिपरिषदको बैठकबाटै गरेको र उपप्रधानमन्त्रीको नेतृत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले यसको सार्वजनिकीकरण गरिएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार राति जानकारी दिए ।
कोरोना संक्रमण फैलने सम्भावना देखिएकाले संक्रमण रोग ऐन २०२० को दफा २ को अधिकार प्रयोेग गरी रोग रोकथाम र निर्मूलका लागि यो निर्णय दिइएको अर्थमन्त्री खतिवडाले बताए ।
लकडाउन शुरु भएपछि अब औषधोपचार, खाद्यवस्तु खरिदजस्ता अत्यढावश्यक काममा बाहेक घरबाट बाहिर निस्कन पाइने छैन । त्यस्तै अनुमतिप्राप्त सवारीसाधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय सरकारले गरेको छ ।त्यसोत सरकरले विभिन्न सरकरले कोरोना संक्रमण फैलनसक्ने सम्भावनालाई मध्यनजरगर्दै विभिन्न ८ वटा निर्णय गरेको छ ।
निर्णयमा सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द गर्ने उल्लेख छ । स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी मात्रै उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीलाई आवश्यक परेका बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिने निर्णय पनि उच्चस्तरीय समितिले गरेको छ ।
औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरूबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कारखानामा काम गर्ने श्रमिक, कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने पनि समितिको निर्णयमा उल्लेख छ ।
व्यवसायीहरूले औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गर्ने तर अभाव देखाई मूल्यवृद्धि गर्ने वा कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा सहयोग गर्ने निर्णय पनि समितिले गरेको छ ।
संक्रामक रोग ऐन, २०२० को दफा २ को अधिकार प्रयोग गरी सरकारले यस्तो निर्णय गरेको हो । ऐनको दफा २ मा संक्रामक रोग नियन्त्रणका लागि विशेष व्यवस्था गर्नेसम्बन्धी व्यवस्था छ । उक्त दफाको उपदफा १ मा ‘नेपालभर वा त्यसको कुनै भागमा मानिसमा कुनै संक्रामक रोग उब्जेमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा नेपाल सरकारले सो रोग निर्मूल गर्न वा रोकथाम गर्न आवश्यक कारबाही गर्न सक्ने र सर्वसाधारण जनता वा कुनै व्यक्तिको समूहउपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने’ व्यवस्था छ ।
प्रतिकृया दिनुहोस