• राशिफल

    आज चैत ११ गते मंगलबार , वजरंगवलीको दर्शन गर्दै हेर्नुस् आजको राशिफल

      ओमकार टाइम्स


    वि.सं.२०७६ साल चैत्र ११ गते । मंगलबार । ईश्वी सन् २०२० मार्च २४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । चैत्र कृष्णपक्ष । तिथि– औशी,२० घडी २५ पला,दिउसो ०२ बजेर १५ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– उत्तरभाद्रपदा,४३ घडी ५९ पला,रातको ०२ बजेर ४१ मिनेट उप्रान्त रेवती  । योग– शुक्ल,२० घडी ५६ पला,दिउसो ०२ बजेर २८ मिनेट उप्रान्त ब्रम्ह । करण– नाग,दिउसो ०२ बजेर १५ मिनेट उप्रान्त किंस्तुध्न,रातको ०३ बजेर १९ मिनेट उप्रान्त बव । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय ०६ बजेर ०५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १६ मिनेट । दिनमान २९ घडी २७ पला ।
     

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य सम्वन्धी समस्या आउँने तथा उपचार खर्च बढेर जानेछ । गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । पढाइ लेखाइमा समय दिएपनि अपेक्षित नतिजा ल्याउन मुस्किल रहेकोछ । माया प्रेममा आजको दिन भेट नहुँदा नै राम्रो रहेकोछ भेटमा एक अर्कालाई अविश्वास गर्नाले नचाहादा नचाहादै छुट्टिनुपर्ने हुनसक्छ । व्यापार व्यावसाय खस्केर जाने ग्रहयोग रहेकोछ ।

     

    बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) घरमै बसेर अध्ययन गर्नाले अरुलाई पछी पारेर अगाडि बड्ने समय रहेको छ । माया प्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । पानि तथा खानेकुराको कारोबारबाट फइदा हुनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । साना तिना स्वास्थ्य सम्वन्धी समस्याले सताउँने हुदा वाहिरी वातावरणको ख्याल गर्नुहोला ।

     

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कानुन सम्वत गरीने कुनै पनि कामहरु सौहार्दपुर्ण वातावरणमा सम्पन्न हुने हुँदा मान सम्मानमा बृद्धि भएर जानेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेकोछ । प्रेम प्रशङमा सामिप्यता बढेर जानेछ । तरपनि बाहिरी वातावरणको ख्याल गर्दै कामहरु गर्नुहोला । सरसफाईमा विशेष ध्यान दिनुहोला ।

     

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सरकारी तथा दैनिक कामगर्दा ध्यान दिनहोला अप्रिय निर्णयको शिकार होईयला । लामो दुरिको धार्मिक यात्रा भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्दा मन खिन्न हुनेछ । पढाइ लेखाइमा दिईयको समय कम हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्या आई दैनिक कामहरु गर्न सकिने छैन । घरपरिवार तथा आफन्त विच मनमुुटाव बढने योग रहेकोछ ।

     

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे ) मायाप्रेम तथा पतीपत्नी विच केहि विषयमा मनमुटाव बढ्नेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । धनमाल हराउँन तथा लुटिन सक्छ सजक रहनुहोला । व्यापार व्यावसायमा नाँफा कमाउँन बढिनै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बाहिर आउँन सक्ने हुनाले सजक रहनु पर्नेछ । दिदी बहिनीसँग मनमुटाव बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानशिक चिन्ता बड्नेछ । स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला । भिडभाडमा नजानु होला तथा सरसफाईमा ध्यान दिनुहोला ।

     

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) जीवन साथीको सहयोगले आगामी दिनहरुमा नाँफामुलक व्यावसाय सुरु गर्न सकिनेछ । मानव निर्मित भौतिक सम्पती तथा विलासी सामान प्राप्त हुनेयोग रहेकोछ । पढाइ लेखाइमा अरुलाई किनारा लगाउदै आफन्त तथा गुरुहरुको नाक राख्न सकिनेछ । माया प्रेममा रामाउन चाहने हरुले सँगै बसेर भलाकुसारि गर्न पाउने समय रहेकोछ । तरपनि भिडभाडमा नजानु होला । सरसफाईमा ध्यान नदिए स्वास्थ्यमा समस्या देखिन सक्छ ।

     

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शत्रु तथा प्रतिस्पर्धीहरु आईलाग्ने भएपनि अन्तत तपार्ईँको क्षमता देखेर आफै साईड लाग्नेछन् । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै अगाडी बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै आगामी दिनहरुमा नयाँ कामको थालनी गर्न सकिनेछ । नोकरीमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । प्रेम प्रशङगमा एक अर्काविच नजिक हुने तथा रमाउँन सकिनेछ । तरपनि स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला । भिडभाडमा नजानु होला तथा सरसफाईमा ध्यान दिनुहोला ।

     

    बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सोचेको कामहरु तत्काल गर्न नसकिने हुदा समयले तपार्ईँलाई पछि छाड्नेछ । पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो नतिजा हात लाग्नेछैन । व्यापार व्यावसायमा लगानी गरीहाल्ने वातावरण नभएकोले तत्काल कुनै कामको सुरुवात नगर्नुहोला । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोल अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । माया प्रेममा फक्रिदै गरेको कोपिलाहरु चुटिने अधिक सम्भावना रहेकोछ ।स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।
     

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा लगानी गर्न नसकिने तथा आम्दानी कम हुदा आर्थिक समस्याले दिन गुज्रिनेछ । पढाइ लेखाइ तथा यस्तै क्रियाकलापमा राम्रो मिहिनेत गरेमात्र परिणाम आफ्नो पक्षमा पार्न सकिनेछ । आफन्त तथा आमा सँगको सम्बन्ध सुधार गर्दै अगाढि बढ्न सके फाईदा हुने योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानी केहि मात्रामा बढाउन सकिनेछ । स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

     

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विवादित विषयहरुको निर्णय तपार्ईँकै पक्षमा आउँने हुनाले मन प्रशन्न हुनेछ ।  माया प्रेममा सामिप्यता बढेर जाने तथा छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । दाजुभाइ तथा छिमेकीसँग राय सल्लाह लिएर अगाडी बड्नु होला । पढाइमा मन जाने तथा लेखन कलाको विकाश हुनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

     

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिभिन्न अवसर आएपनि समयको गतीसँग अगाडि बढन् नसक्दा पछि परिनेछ । आफन्त तथा कुटुम्बसँग मनमुटाव हुने योग रहेकोछ । तयारी बिनानै दिईने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ ध्यान दिनुहोला । पढाइ लेखाइमा कमजोर भएको महशुष हुनेछ भने नतिजा अरुतिर नै जानेछ । खानपानमा बिशेष ध्यान दिनुहोला खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउँनेछ ।

     

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) घरमै बसेर अध्ययन गर्नाले आगामी दिनहरुमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै नतिजा आफूतिर ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्त बिचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा विलासी बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

    प्रतिकृया दिनुहोस